आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ११ स्थित धुर्सेनी मेलाबाट मोटर साइकल चोरी भएको छ । बुधबार मेलामा पार्किङ गरेर राखेको बजाज कम्पनीको मोटरसाईकल चोरी भएको हो ।
Advertisement
आठबिसकोट नगरपालिका मा कार्यरत रत्न बहादुर परियारको लु ६७ प २९१२ नम्वरको मोटरसाईकल हराएको हो । हराएको मोटरसाईकल खोजतलास गरिदिन मोटरसाइकल धनि परियारले इलाका प्रहरी कार्यालय आठबिसकोटमा निवेदन दिएका छन्।