आठबिसकोट । गएराति रूकुमपश्चिममा चक्कु प्रहार गरेर एक युवकले आफ्नै बुवाको हत्या गरेका छन्। बुवालाई चक्कु हानेपछि छोरा फरार भएका प्रहरीले जनाएको छ।
आइतबार बेलुका करिब ९ बजेको समयमा आठबिसकोट नगरपालिका १० मा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय रूकुमपश्चिमका डीएसपी नवराज पोखरेलले जानकारी दिए ।
स्थानीयका अनुसार अन्दाजी ५० वर्षका दर्बे केसीलाई उनका छोरा अन्दाजी १९ वर्षका छोरा वीरबहादुर खत्रीले पेटमा चक्कु हानेर हत्या गरेका हुन्। घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। बुवाको हत्या गरेर बिर बहादुर भागेको उनको खोजि भैरहेको प्रहरीले जनाएको छ ।