काठमाडौँ । निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मतपत्र छपाईको काम अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।
Advertisement
उपनिर्वाचन हुने अधिकांश स्थानीय तहमा मतपत्र पठाइसकिएको र बाँकी ठाउँमा केही दिनमा पठाइने आयोगले जनाएको छ ।
छपाई भएका मतपत्र काठमाडौँ र नुवाकोटबाहेक अन्य जिल्लामा पठाइसकेको र हुम्ला, डोल्पा र ताप्लेजुङमा भने सोमवारसम्ममा पठाउने आयोगको तयारी छ।