आठबिसकोट । स्थानीय तहमा रिक्त पदका निम्ति आगामी १६ मंसिरमा हुने उपचुनावका लागि दलहरु तिव्र प्रचारप्रसारमा जुटेका छन्।मनोनयन दर्ता पछी उम्मेदवारको नामवली प्रकाशन सम्म उत्साहजनक रुपमा दलहरु शक्ती प्रदर्शन गरिरहेका छन्।
निर्वाचन आयोगका अनुसार, उपचुनाव हुने गाउँपालिका–नगरपालिकाका अध्यक्ष र प्रमुख गरी ८ पदमा ८४ जनाको उम्मेदवारी परेको छ ।त्यस्तै गाउँपालिका–नगरपालिकाको वडाध्यक्ष पदमा गरी ३४ पदका लागि ३२३ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन हुँदै उपचुनावको प्रक्रिया अगाडि बढेको छ । उपचुनावमा दलहरु एकल प्रतिस्पर्धामा छन् । उपचुनावमा एक्ला एक्लैलड्दा दलहरुको शक्ति परीक्षणको अवसर पनि बन्नेछ ।
सधैं जसो गठबन्धनबाट साझा उम्मेदवार लिएर चुनावमा होमिने दलहरु अहिले एकल प्रतिस्पर्धामा छन्। जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदको उपचुनावमा प्रमुख तीन दलहरु प्रतिस्पर्धामा उत्रीएका छन्। ०७९ को स्थानीय तहको चुनावमा माओवादी काँग्रेसको गठबन्धन मार्फत प्रमुखमा माओवादी र उपप्रमुखमा काँग्रेसले जितेका थिए । गत वर्ष कार्तिक १७ गतेको भुकम्पमा परेर नलगाडकी उपप्रमुख सरिता सिंहले ज्यान गुमाए पछी रित्त बनेको उक्त पदका लागी यही मंसिर १६ मा उपचुनाव हुंदैछ ।
नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि ६ जनाले उम्मेदवारी दिए पनी मुख्यतः एमाले, माओवादी र कांग्रेस बिच तिव्र प्रतिस्पर्धा देखिएको छ । कांग्रेसकी सरिता सिंह ५४०६ मत ल्याएर निर्वाचित हुँदा एमालेकी वोहोरा ३३९३ मत ल्याएर पराजित बनेकी थिईन्।करिब २ हजार मतले अघिल्लो चुनावमा पराजय ब्यहोरेकी उनै बोहोरालाई एमालेले फेरि एक पटक अवसर दिएको छ ।
माओवादी काँग्रेस विचको गठबन्धनको मतपरिणाम लाई हेर्ने हो भने यसपटक उपचुनावमा तिव्र प्रतिस्पर्धा हुने देखिन्छ । अघिल्लो चुनावमा माओवादी को साथ पाएको काँग्रेसलाई यसपटक चुनौती छ । भने एमाले अवसरको पर्खाईमा छ । उसो त कांग्रेस र ओवादीलाई जित जोगाउन सकस बनेको छ । भने यता एमालेलाई बोनसको अवसर पनि मिलेको छ । नलगाडमा माओवादी कांग्रेसको कडाप्रतिस्पर्धा हुने आकल रहेको छ ।