आठबिसकोट । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) जिल्ला समिति रुकुम पश्चिमले पार्टी पुनर्गठन दिवसको अवसरमा व्याट्मिन्टन प्रतियोगिता सहित राष्ट्रीय खेलाडी तथा शहिद परिवारलाई सम्मान गर्ने भएको छ । नेकपा जिल्ला समितिले यहीमंसिर ८ गते ११ औँ पार्टी पुनर्गठन दिवसको मा उक्त कार्यक्रम गर्ने जनाएको छ ।
Advertisement
पार्टीले एक सुचना निकाल्दै यही मंसिर ८ गते खेलकुद सहित सम्मान कार्यक्रमगर्ने जानकारी दिएको छ । रुकुम पश्चिम बाट प्रतिनिधित्व गर्न विभिन्न बिधाका खेलाडी तथा शहिद परिवारलाई सम्मान गरिने सुचनामा उल्लेख गरिएको छ ।
त्यस्तै ब्याटमिन्टनका लागी दर्ता शुल्क १२ सय लाग्ने र प्रथम पुरस्कार २७ हजाररहेको जनाईएको छ । खेल मुसिकोट स्थित बराहटाकुरामा हुने बताईएको छ ।