आठबिसकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ११ रिठा नजिकै बस दुर्घटना भएको छ । काठमाडौँ बाट रुकुमको राडी तर्फ आउँदै गरेको बटालियन यातायात प्रालिको प्रदेश ३–०१–००५ ख ९९६६ नम्वरको रात्री बस आज शनिवार रिठानजिकै दुर्घटना भएको हो ।
Advertisement
दर्घटनामा परी ८ जना घाइते भएको ईलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार बस सडकबाट करिब ४० मिटर तल खसेर बिजुलीको पोलमा अड्किएको बताईएको छ । सडक बाट खसेको बस लाई बिजुलीको पोलले ठुली भेरीमा खस्न बाट जोगाएको छ ।बसमा सवार ८ जना घाइते यात्रुको अहिले आठबिसकोट नगर अस्पतालमा उपचार भैरहेको छ । चालक समेत घाइते भएकाले दुर्घटना केकारणले भएको भन्ने खुल्ल सकेको छैन्।