आठबिसकोट । रुकुम पुर्वको सदरमुकाम रुकुमकोटबाट बुधबार काठमाडौंको लागि छुटेको घोडाघोडी यातायात प्रालिको रात्री बसबाग्लुङमा दुर्घटना भएको छ ।
Advertisement
घोडाघोडी यातायात प्रालिको ८४१४ नम्बरको बस बागलुङको निशीखोला गाउँपालिकाको जाउलेपानी भन्ने ठाउँमा दुर्घटना भएकोजनाईएको । उक्त गाडीमा ३२ जना यात्रु भएको बताईएको छ ।
अहिले प्रहरी चौकी निसिखोलाबाट प्रहरीको टोली घटनास्थलमा पुगेको र बुर्तिबाङबाट प्रहरी निरीक्षक आनन्द बस्नेतको कमान्डमा १०जना जना प्रहरीको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी ऋषिराम कँडेलले जानकारी दिए ।
दुर्घटनामा १९ जना घाइते भएको र उनीहरूलाई एम्बुलेन्समार्फत उपचारका लागि लगिएको उनले बताए ।