आठबिसकोट। रुकुम पश्चिमको सानीभेरी खेलकुद विकास समिति द्वारा आयोजित सानीभेरी गाउँपालिका ३ बेलटापुमा भएको पालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि चौरजहारी नगरपालिकाले जितेको छ । बुधवार भएको फाइनल खेलमा मुसिकोट नगरपालिकालाई पराजित गर्दै चौरजहारीले उपाधि जितेको हो ।
Advertisement
टस हारेर पहिला ब्याटिङ गरेको मुसिकोट नगरपालिकाले निर्धारित १२ ओभरमा ८६ रन बनाएको थियो । ८७ रनको लक्ष पछ्याएको चौरजहारीले अन्तिम बलमा लक्ष पुरा गरेको थियो । विजेता चौरजहारीले नगद ६० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उप विजेता मुसिकोट नगरपालिकाले नगद ४० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। विभिन्न क्षेत्रबाट १९ समुहले खेलमा भाग लिएको आयोजकले जनाएको छ।