• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, साउन २०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज छ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची

इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने

आयल निगमले फेरि भन्याे- ‘बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्’

प्रमुख प्रशासकीय अधिकृत र राजस्व शाखा प्रमुखसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा

तराईको सुरक्षा अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच विशेष छलफल

क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह

लोकप्रिय समाचार

  • १. चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

  • २. क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

  • ३. रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

  • ४. रुकुम पश्चिममा हवाई फायर गरि ३ किलो अफिम सहित दुई जना पक्राउ

  • ५. विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ६. राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

  • ७. अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह

  • ८. बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

  • ९. आज बिहानै गयो भुकम्प

  • १०. जिप्रका रुकुम पश्चिमको वार्षिक उपलब्धिः २२३ अपराध दर्ता, १३३ फरार प्रतिवादी पक्राउ

मेहनतको उपहार सानै उमेरमा चर्चित कलाकार

"बाल्यकालदेखि नै गीतसंगीतमा औधि चाहना राख्ने डोटीकी कृष्णा सिराडी यतिबेला सुदूरपश्चिमका मौलिक गीत, देउडामा उदाउँदै छिन्। "

  •   सोमबार, असोज २८, २०८१ मा प्रकाशित
  • बाल्यकालदेखि नै गीतसंगीतमा औधि चाहना राख्ने डोटीकी कृष्णा सिराडी यतिबेला सुदूरपश्चिमका मौलिक गीत, देउडामा उदाउँदै छिन्। गीत–संगीतका माध्यमबाट सुदूरपश्चिमको देउडा संस्कृति प्रवद्र्धन गर्न सक्रिय सिराडी पढाइमा पनि उत्तिकै अब्बल छिन् ।

    Advertisement

    सुर्खेत । प्रायः देउडा भन्ने बित्तिकै सुदूरपश्चिमलाई सम्झिन्छौँ । सुरुसुरुमा देउडा गीतहरू सुदूरपश्चिमको सेरोफेरोमा मात्र सीमित थियो। तर, अहिले देउडा अन्तर्राष्ट्रियकरण भएको छ । नेपालको अधिकांश जिल्लाहरूमा आफ्नो प्रभाव बढाएको देउडाले लोकप्रियता पनिकमाउँदै गएको छ । सुदूरपश्चिमका गाउँघरमा गुन्जिने देउडा संसारभर गुन्जिँदै गएको छ । युवाहरूमा पनी देउडाको प्रभाव बढ्दै गएकोपाइन्छ । अन्य गीतसंगीतको तुलनामा देउडाले आफ्नो छुट्टै पहिचान बनाएको पाइन्छ । यही देउडालाई माया गरेर आफूलाई सुदूरकीचेली भनेर चिनाउने गायिका कृष्णा सिराडी पछिल्लो समय देउडामा स्थापित कलाकार हुन् । किशोरी अवस्थामै देउडा भाका गुनगुनाउनसुरु गरेकी कृष्णाले आफ्नो संस्कृतिलाई विश्वसामु चिनाउन ठुलो योगदान गरेकी छन् ।

    m3.jpg

    उनको बाल्यकालमै रेडियोमा गीत सुन्दा देउडाका टुक्का, भाका गुनगुनाउन थालिन् । त्यसपछि उनको देउडामै लगाव बढ्न थाल्यो ।बाल्यकालमै गायन विशेषगरी देउडा गीतप्रति आकर्षित कृष्णाले किशोरी अवस्थामै पहिलोपटक गीत रेकर्ड गरिन् । अहिले देउडामाचर्चित गायिका बनेकी छन् । डोटेली भाषा, ठाडीभाकामा समेत उनी पोख्त छिन् । उनलाई अहिले स्थानीय मेला महोत्सवदेखि विभिन्नसांगीतिक कार्यक्रममा गीत गाउन भ्याइनभ्याइ हुन्छ । उनी सुदूरपश्चिममा देउडामै चर्चा बटुल्दै छिन् । एकातिर छोरीको प्रतिभालेघरपरिवार पनि खुसी अर्कोतिर आम्दानी पनि राम्रै भइरहेको छ । २०७२ सालमा चोखो माया फेरी नामको पहिलो देउडा गीत निकालेकीसिराडीले त्यसयता थुप्रै गीत गाइसकेकी छन् । सुदूरपश्चिमको डोटी जिल्लामा जन्मिएकी कृष्णाले सुदूरपश्चिम विश्वविद्यालयमासमाजशास्त्रमा स्नातकोत्तर गरिरहेकी छन् । २०७२ यता उनेले २०० गीतमा आफ्नो स्वर भरिसकेकी छन् । ‘बास घुघुती’, ‘इजुको कोलछुट्यो’, ‘माइतकी सम्राई’, ‘सालीको बैंश’, ‘झल्का लाई गै साली’, ‘आजभोलि मायालु’ लगायतका उनका अत्यधिक रुचाइएका गीत हुन्। उनका दर्जन बढी गीत निकै चर्चित छन् ।

    m2.jpg

    ग्रामीण भेकमा गाइने भाका र सोही स्तरका टिपिकल शव्दमार्फत सुदूरपश्चिमलाई चिनाउन उनले बढी जोड दिँदै आएकी छन् ।अन्यत्रको तुलनामा सुदूरपश्चिममा छोरीलाई गायन क्षेत्रमा लाग्न सहज पक्कै थिएन । भेदभावले जरा टेकेको सुदूरमा उनले संघर्ष रसमाज परिवर्तनका लागि निरन्तर प्रयास गरिन् र गायनमा जम्दै गएकी छन् । घरबाट बाहिर निस्किनै मुस्किल हुने अवस्थामा सिराडीलेसुरुमा सञ्चार क्षेत्र हुँदै गायनमा प्रवेश गरेकी हुन् । त्यतिबेला छिमेकमा एक्लै निस्कन पनि मुस्किल थियो । सांगीतिक कार्यक्रम र गीतगाउन जाने त धेरै असम्भवको कुरा हो । सिराडी भन्छिन्, गीतसंगीत आफैँमा परिवर्तन क्षेत्र हो । सञ्चार जगतबाट मैले गायनको यात्रासुरु गरेँ । पत्रकारिता क्षेत्रमा जाने ठुलो रहर थियो । तर, गीतसंगीतमा ध्यान मोडियो । पहिलोपटक गीत रेकर्डपछि स्रोता दर्शकलेदिएको प्रतिक्रिया र मायाले मलाई थप ऊर्जा मिल्यो । घरपरिवारको पनि साथ पाएँ ।

    पछिल्लो समय देउडामा फैलँदो विकृति र मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै उनी भन्छिन्, अहिलेको नयाँ जेनेरेसनलेमौलिकतालाई बिर्सिएर, ¥याप पपको नक्कल गरेर देउडामा मिक्स गर्दा मौलिकता खस्किएको छ । यो पश्चिमेली संकृतिको पनि प्रभावहो । सबै युवाहरू र देउडाप्रेमी मौलिकतातर्फ केन्द्रित हुनुपर्छ । बढ्दो आधुनिकतासँगै देउडाले अस्तित्व गुमाउँदै गएको उनको दावी छ ।देउडाबाटै गायनमा उदाएकी युवती कृष्णा आफूलाई सुदूरपश्चिमको देउडा क्षेत्रमा अब्बल सावित गराउन सफल भएकी छन् । सानोमैरेडियो सेटमा गीत सुनेर कापीमा ती शब्द भाका उतार्ने सिराडी गीत मात्रै नगाएर फोटोग्राफी, भिडियोग्राफी, अडियो र भिडियो इडिटिङ रम्युजिक भिडियो सुटिङसँगै निर्देशनमा पनि संलग्न छिन् । आफू गाउने मात्र नभएर गाउन चाहने नयाँ पुस्तालाई प्रेरित गरिरहेकी उनलेसुदूरपश्चिम इन्टरटेनमेन्ट म्युजिक अवार्ड, विशाल राष्ट्रिय म्युजिक अवार्ड, रारा राष्ट्रिय म्युजिक अवार्डजस्ता थुप्रै राष्ट्रिय अवार्ड जितेकीछन्

    कामप्रतिको लगाव र परिश्रमले जुनसुकै क्षेत्रमा सफल भइन्छ’ भन्ने हेतुराख्ने कृष्णा सुदूरपश्चिममै बसेर लोक साहित्य तथा गायनमासक्रिय छन् । कृष्णा अहिले देउडा पारखीहरूमा मनमनमा पस्न सफल छन् । पढाइसँगै सांगीतिक क्षेत्रमा अब्बल कृष्णाले विभिन्नप्रतिष्पर्धा र पुरस्कारहरू हात पारिसकेकी छन् । डेउदा प्रतिष्ठानकी केन्द्रीय सदस्यसमेत रहेकी गायिका एक दशकदेखि अविराम देउडागीतमा भिजेकी सिराडी म्युजिक भिडियो र भिडियो निर्देशनमा पनि उत्तिकै निख्खार छन् । उनका गीतमा प्रायः सुखदुःख, माया–पिरती, दर्द र पीडा मिसिएका हुन्छन् । धनगढीलाई कर्मथलो बनाएर संगीत कर्ममा लम्किएकी सिराडी भिडियो निर्देशनमा सुदूरपश्चिमकैमहिलाहरूको पहिलो पंक्तिमा पर्छिन् । उनले भनिन्, ‘गाउने सँगसँगै आफँैले निर्देशन गरेको देउडा गीतको म्युजिक भिडियो बजारमाल्याए । त्यसपछि क्यामेरासँग पनि फेस गर्न बानी बस्यो । अहिले निर्देशनतर्फ पनि हात हालेकी छु ।’

    • देउडा
    • सुदुरपश्चिम
    सोमबार, असोज २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज छ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
    इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु
    आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने
    आयल निगमले फेरि भन्याे- ‘बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्’
    प्रमुख प्रशासकीय अधिकृत र राजस्व शाखा प्रमुखसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा
    तराईको सुरक्षा अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच विशेष छलफल

    लोकप्रिय

    • १.
      चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

    • २.
      क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

    • ३.
      रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

    • ४.
      रुकुम पश्चिममा हवाई फायर गरि ३ किलो अफिम सहित दुई जना पक्राउ

    • ५.
      विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

    • ६.
      राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

    भर्खरै

    • १.
      आज छ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची

    • २.
      इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु

    • ३.
      आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने

    • ४.
      आयल निगमले फेरि भन्याे- ‘बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्’

    • ५.
      प्रमुख प्रशासकीय अधिकृत र राजस्व शाखा प्रमुखसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा

    • ६.
      तराईको सुरक्षा अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच विशेष छलफल

    • ७.
      क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

    • ८.
      बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.