पोखरा । डिजिटल प्रविधिको विकास सँगै तिव्र गतिमा फराकिलो बन्दै गएको नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय हरेक पर्व र अरु सामान्य समयमा पनि धेरै भन्दा धेरै गीतहरु बजारमा आउने क्रम चलिरहेको छ । यसै सिलसिलामा अहिलेको विजया दशमी हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैँलाई लक्षित गरि अनेकौं गीतहरु धमाधम सार्वजनिक भएका छन ।
Advertisement
यसै सन्दर्भमा नेटिव म्युजिक प्रा.ली को आधिकारिक युट्यूब च्यानल मार्फत दशैको नयाँ गीत सार्वजनिक भएको छ ।
गीतमा गायिका निशु ढकालको सुमधुर स्वर रहेको छ भने नवीन कुमार तिमल्सिनाको शब्द तथा भिडियो सम्पादन रहेको छ । गीतको लागि लय मालाश्री धुन बाट संकलन गरिएको उक्त गीतमा निकै राम्रो संयोजन गरि भिडियो डिजिटल प्रविधि मार्फत सांगीतिक बजारमा ल्याइएको छ ।
भिडियो हेर्नुहोस् :