आठबिसकोट । आठबिसकोटको गोतामकोटमा आयोजित चित्रेपाटन कपको सातौँ संस्करण को उपाधि यात्रा फाउन्डेसन F.C.दल्ली ले हात पारेको छ । गत असोज २० गतेबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको गोतामकोटस्थित बगेनाहमा सुरु भएको फुटवलमा बराबरी गोलमा हुँदा दल्लिले पेनाल्टी सुटआउट गरेर एक गोलले विजयी भएको थियो ।
“चित्रेपाटन फुटबल कप २०८१ को सातौं संस्करण “को खेलमा तोकिएको समयमा बराबरी गोल भएर पेनाल्टी सुटआउट हुदा दल्लीले विजेता हात पार्दा राडी एफ सी उच्च प्रदर्शन गर्दै उपबिजेता बनेको छ । ५० हजार पुरस्कार राशि रहेको उक्त प्रतियोगिता बिभिन्न क्लबले सहभागिता जनाएका थिए । खुल्ला A6 साइड फुटबल प्रतियोगिताको बिजेताले ५० हजार पाँच सय र उपविजेताले २५ हजार हात पारेका छन्।
साथै उत्कृष्ट खेलाडी , किपर र Tournament high scorer पनि दल्लिकै म्याक ठकुरी, बादल सिङ ठकुरी र दिलिप सिङ ठकुरीले हात पारेका छन्। उक्त खेलको मुख्य प्रायोजक खेलको मुख्य प्रायोजकमा अर्जुन के सी, हरिजङ्ग बिष्ट र तिलकजङ्ग शाही रहेका छन्।