आठबिसकोट । बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम तर्फ आउँदै गरेको यात्रुवहाक फोर्स गाडि सल्यानमा दुर्घटना भएको छ रुकुमको चौरजहारीका लागी नेपालगन्जबाट छुटेको लु २ ख ५००२ नम्वरको फोर्स गाडि सल्यानको कुमाख गाउँपालिका ३ बुरेलीखोलामा दुर्घटना भएको हो ।
Advertisement
ब्रेक फेल भएर दुर्घटना भएको उक्त गाडीमा सवार १६ जना यात्रु घाईते भएको ईलाका प्रहरी कार्यालय रागेचौरले जानकारी दिएको छ । आज बिहिबार बिहान ४ बजे गाडि दुर्घटना भएको र घाईते मध्य चार जनाको अवस्था गम्भिर रहेको र १२ जना सामान्य रहेकोबताईएको छ । घाइतेहरुको चौरजहारी स्थित एक अस्पतालमा उपचार भैरहेको छ ।