काठमाडौँ । अविरल वर्षाका कारण धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोलाको पहिरोमा पुरिएका गाडीबाट थप १०जनाको शव निकालिएको छ ।
Advertisement
सशस्त्र प्रहरीका अनुसार आइतबार ८ पुरुष र २ महिला गरी १० जनाको शव निकालिएको जानकारी दिए । उक्त क्षेत्रमा यसअघिशनिबार राति १४ जनाको शव निकालिएको थियो ।
यससँगै शनिबार गएको उक्त पहिरोमा परेर मृत्यु भएकाहरुको संख्या २५ पुगेको सशस्त्र प्रहरीले जनाएको छ । पहिरोमा बस रमाइक्रोबसहरु पुरिएको बताइएको छ भने अझै पनि उद्दार कार्य जारी रहेको छ ।