काठमाडौं । मनसुन बाहिरिने समयमा सक्रिय बनेको वर्षा आजपनि देशभर हुने सम्भावना रहेको छ ।
Advertisement
हाल देशभर मनसुनी वायुसँगै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ। जसको प्रभावस्वरुप यतिबेला देशभरको मौसम साधारणदेखि पूर्णतया बदली छ।
यतिबेला (शनिबार बिहान) देशभरका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो पनि देशभर साधारण देखि पूर्णतया बदली रहने छ।