आठबिसकोट । उपचार अभावमा जीवनमरणको अन्तिम घडीमा रहेका मृगौला पीडित रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११का लाल बहादुर बादीको उपचारको लागि सहयोग प्राप्त हुन थालेको छ । उपचारका लागी आर्थिक अवस्था न्युन भएका बादीको जीवनरक्षाको लागि उनलाई बचाउ अभियान मार्फत सार्वजनिक रुपमा आर्थिक सहयोगको अपील गरेपछि सहयोगीहातहरु बढ्न थालेका हुन् ।
अभियान सुरु गरेको केही दिनमै उनको उपचारको लागि ६३ हजार रुपैयाँ संकलन भएको छ । हाल सम्म बिभिन्न व्यक्तिहरुले सहयोगगरेको ६३ हजार ६ सय १४ रुपैयाँ पीडितका आफन्त श्रीमतीलाई प्रदान गरिएको अभियानका अगुवा तथा वाईसियल रुकुम पश्चिमजिल्ला सह सयाेजक तथा नेकपा माओवादि केन्द्र आठबिसकोट नगर कमिटि सह सचिब दलजित नेपालीले जानकारी दिए ।

मृगौलामा समस्या भएका बादीलाई सुर्खेतमा उपचारका लागि ६ लाख रुपैयाँ लाग्ने भएपछि नेपालीले सार्वजनिक रुपमा उनलाई बचाउअभियान सुरु गरेर सहयोग संकलन गरिरहेका छन्। दलजित नेपालीका अनुसार वादीलाई संकलन भएको रकम हस्तान्तरण गरेरनेपालगन्ज स्थित अस्पतालमा पठाईएको छ ।
विपन्न वादी परिवारमा आर्थिक अवस्था कमजोर भएका उनको जीवन रक्षाका लागि थप रकम संकलन भैरहेको छ । सामाजिकउत्तरदायित्व स्वरुप बिभिन्न व्यक्ति, संस्थाले सो रकम सहयोग गरेको नेपालीले बताए । उनलाई थप उपचारको लागि दल्जित नेपालीलेआफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सहयोगको अपिल गरिरहेका छन्।