• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, साउन २०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज छ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची

इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने

आयल निगमले फेरि भन्याे- ‘बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्’

प्रमुख प्रशासकीय अधिकृत र राजस्व शाखा प्रमुखसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा

तराईको सुरक्षा अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच विशेष छलफल

क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह

लोकप्रिय समाचार

  • १. चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

  • २. क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

  • ३. रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

  • ४. रुकुम पश्चिममा हवाई फायर गरि ३ किलो अफिम सहित दुई जना पक्राउ

  • ५. विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ६. राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

  • ७. अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह

  • ८. बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

  • ९. आज बिहानै गयो भुकम्प

  • १०. जिप्रका रुकुम पश्चिमको वार्षिक उपलब्धिः २२३ अपराध दर्ता, १३३ फरार प्रतिवादी पक्राउ

चक्लाबन्दीपछि बाँझो जग्गा हराभरा


  •   आइतबार, भदौ ३०, २०८१ मा प्रकाशित
  • बागलुङ । बागलुङमा एक हजार आठ सय ५० रोपनी जग्गा चक्लाबन्दी गरिएको छ । चक्लाबन्दीमा गरिएको फलफूलखेतीले अधिकांश बाँझो जग्गा हराभरा हुन थालेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाँझो जग्गाको सदुपयोग तथा जग्गाको उपयोगिता बढाउन गरिएको चक्लाबान्दी कार्यक्रम प्रभावकारी बनेको छ ।

    Advertisement

    तरकारीखेती बाहेक ओखर, कागती, सुन्तला, स्याउ र किबीखेती अधिकांश बाँझो जग्गा सदुपयोग गरी चक्लाबान्दी कार्यक्रमअन्तर्गत विस्तार गरिएको छ । बागलुङमा बाँझो जग्गाको उपगोगिता बढाउन ल्याइएको चक्लाबान्दी कार्यक्रम सफल भएको छ । चक्लाबन्दी कार्यक्रमअन्तर्गत चार वर्षयता सुन्तला एक सय ४० रोपनी, ओखर चार सय ४०, तरकारी चार सय, कागती दुई सय ५०, स्याउ पाँच सय ४० र किबी ८० रोपनी क्षेत्रफलमा विस्तार गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निमित्त प्रमुख नारायण पौडेलले जानकारी दिए । चक्लाबन्दीमा खेती गरेको तरकारी र सुन्तलाबोहक अन्य जग्गा खेतीयोग्य भएर पनि बाँझो रहेको उनले बताए ।

    “एउटा चक्लाबन्दी कार्यक्रमका लागि रु १० लाख खर्च हुन्छ, १५ स्थानमा चक्लाबन्दी सम्पन्न भइसकेको छ, चालु आर्थिक वर्षमा तीन स्थानमा चक्लाबन्दीका लागि रु ३० लाख बजेट विनियोजन भइसकेको छ”, निमित्त प्रमुख पौडेलले भने, “ओखरसहित फलफूलखेतीको अधिकांश खेतीयोग्य जग्गा पछिल्लो समय बाँझो रहेको थियो, अहिले त्यही बाँझो जग्गामा चक्लाबन्दीका कारण कागती, स्याउ तथा ओखरका बिरुवा हुर्किरहेका छन् ।”

    चक्लाबन्दीका कारण कृषिमा आधुनिकीकरण गर्न सकिने, यन्त्रको प्रयोगले खेती गर्न सकिने र धेरै उत्पादन गर्दा बजारको समस्या नहुने भएकाले किसान चक्लाबन्दीमा आकर्षित भएका हुन् । चक्लाबन्दी कार्यक्रमअन्तर्गत जैमिनी नगरपालिका–२ मा सुन्तलाखेती, महाशिला गाउँपालिका–१, बागलुङ नगरपालिका–९ र जैमिनी नगरपालिका–३ मा ओखरखेती, बागलुङ नगरपालिका–८ सिगाना, जलजला गाउँपालिका–७ र कुश्मा नगरपालिका–११ मा तरकारीखेती, ढोरपाटन नगरपालिका–९ स्थित नवी, मसलगायत गाउँमा स्याउखेती, बागलुङ नगरपालिका–१२ मा कागतीखेती र निसीखोला गाउँपालिका–४ थापागाउँमा किबीखेती विस्तार गरिएको छ ।

    बाँझो जग्गालाई एउटै पलट बनाउने, जग्गाको खण्डीकरण मिलाउने र एकल बाली लगाउने कामलाई चक्लाबन्दीका रूपमा लिने गरिन्छ । बाँझो जग्गामा एकीकृत खेती गर्न किसानलाई चक्लाबन्दी कार्यक्रमले आकर्षित गरेको ढोरपाटन नगरपालिका–९ का चिरनकुमार घर्तीले बताए । बाँझिन थालेको एक सय रोपनी जग्गा चक्लाबन्दी गरेर एक हजार दुई सय स्याउका बिरुवा लगाएको बताए ।

    बसाइँसराइले क्रमशः गाउँका जग्गा बाँझो पल्टिने, जग्गाको खण्डीकरणका कारण यन्त्रिकीकरण गर्न नसकिने तथा एकल बालीका लागि उपयुक्त जग्गाको अभावका कारण चक्लाबन्दीको योजना ल्याइएको छ । चक्लाबन्दी कार्यक्रममा समावेश हुनका लागि फर्मको ६० रोपनी र समूहको एक सय रोपनीभन्दा माथि जग्गा हुन आवश्यक छ । चालु आवमा तीन स्थानको चक्लबान्दीका लागि रु ३० लाख बजेट विनियोजन भएको र तिहारपछि चक्लाबन्दी कार्यक्रमको छनोट गरिने छ ।

    जोन कार्यक्रमले बाख्रा र आलु उत्पादनमा वृद्धि

    बागलुङमा प्रधानमन्त्री कृषि परियोजनामार्फत सञ्चालन भएको आलु र बाख्रा जोन कार्यक्रमले उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७५÷७६ देखि आलु र  आव २०७८÷७९ देखि बाख्रा जोन सञ्चालन हुँदै आएको छ । उच्च पहाडी क्षेत्रमा आलु र बाख्रापालनको सभावना तथा प्रशस्त चरन क्षेत्र भएको ठाउँमा बाख्रा जोन क्षेत्र बनाएर उत्पादनमा वृद्धि भइरहेको छ । प्रधानमन्त्री कृषि परियोजनामार्फत आलु जोन कार्यक्रमले बागलुङका पाँच पालिकाका केही वडालाई समेटिएको छभने बाख्रा जोन कार्यक्रमले तीन पालिकाका केही वडालाई समेटिएको छ ।

    प्रधानमन्त्री कृषि आधुनिककीरण प्ररियोजनाका निमित्त वरिष्ठ कृषि अधिकृत नाराण पौडेलले आलु जोन कार्यक्रमले १२ प्रतिशत उत्पादनमा वृद्धि गराएको र बाख्रा जोन कार्यक्रमले ५५ प्रतिशत उत्पादनमा वृद्धि भएको बताए । आलु र बाख्रा जोन कार्यक्रमले आलु र मासु उत्पादनमा समेत वृद्धि गराउन सफल भएको छ । बागलुङको उच्च पहाडी क्षेत्रमा पाइने आलु निकै स्वादिष्ट भएकाले यहाँको आलुको उत्पादन बढाउन आलु जोन सञ्चालन गरिएको हो ।

    ढोरपाटन नगरपालिका, बडिगाड, ताराखोला, गलकोट नपा, निसीखोला  गाउँपालिकाको केही वडा समेटेर सञ्चालन गरिएको आलु जोनले आलुको उत्पादनमा १२ प्रतिशले बढाएको तथ्याङ्क छ । ढोरपाटन नगरपालिका, बडिगाड, ताराखोला, गलकोट नपा, निसीखोला  गाउँपालिकाको केही वडा समेटेर सञ्चालन गरिएको आलु जोनले आलुको उत्पादनमा १२ प्रतिशले बढाएको तथ्याङ्क छ ।

    “बागलुङमा क्रमशः अलैँची जोन, गाई तथा भैँसी जोन र त्यसपछि धान जोनको कार्यक्रम ल्याउने लक्ष्य रहेको छ, चालु आवमा अलैँची जोन बनाउन बजेट विनियोजन गरेका छौँ, जैमिनी नगरपालिका, काठेखोला, ताराखोला र बरेङ गाउँपालिका तथा गलकोट सहित आठ स्थानीय तहलाई समेटेर अलैँची जोन बनाउने तयारी छ”, निमित्त प्रमुख पौडेलले भने ।

    यस्तै बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका केही वडालाई समेटेर आव २०७८÷७९ देखि सुरु भएको बाख्रा जोन कार्यक्रमले मासुको उत्पादनमा ५५ प्रतिशतले वृद्धि गरेको निमित्त प्रमुख पौडेलले जानकारी दिए । बाख्रा जोन सुरु हुँदा २६ हजार छ सय ७५ बाख्रा रहेकामा हाल बाख्राको ४१ हजार  पाँच सय १३ पुगेको छ । आलु जोन बागलुङका पाँच पालिकाको छ सय १० हेक्टर क्षेत्रफलमा फैलएको छ । बाख्रा जोन कार्यक्रमले तीन पालिकाको २९ बाख्रा फार्मलाई समेटिएको छ । जोनअन्तर्गत बीउपुँजी, यन्त्रिककीरण, खोर सुधार तथा बजारीकरणका लागि परियोजनाले सघाउँदै आएको पौडेलको भनाइ छ ।

    आलु जोन कार्यक्रममा तीन समूहमार्फत सञ्चालन भइरहेको छ भने बाख्रा जोन कार्यक्रम २६ निजी उद्यमी, दुई सहकारी र एक समूहले सञ्चालन गर्दै आएको छ । आलु र बाख्रा जोन प्रभावकारी बन्दै गएपछि बागलुङ र पर्वतका केही पालिकालाई समेटेर अलैँची जोन बनाउन थालिएको छ । अलैँची जोन बनाउन चालु आवमा रु एक करोड दुई लाख बजेट विनियोजन भएको छ । त्यसका लागि घुम्ती तालिम, अलैँचीको समस्या निदान, क्षेत्रफल विस्तार, यन्त्र उपकरण वितरण, सिँचाइ पूर्वाधार निर्माण तथा सुधारिएको आधुनिक भट्टी निर्माणको काम यस वर्षदेखि थालिने छ ।

    • बागलुङ
    आइतबार, भदौ ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज छ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
    इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु
    आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने
    आयल निगमले फेरि भन्याे- ‘बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्’
    प्रमुख प्रशासकीय अधिकृत र राजस्व शाखा प्रमुखसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा
    तराईको सुरक्षा अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच विशेष छलफल

    लोकप्रिय

    • १.
      चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

    • २.
      क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

    • ३.
      रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

    • ४.
      रुकुम पश्चिममा हवाई फायर गरि ३ किलो अफिम सहित दुई जना पक्राउ

    • ५.
      विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

    • ६.
      राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

    भर्खरै

    • १.
      आज छ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची

    • २.
      इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु

    • ३.
      आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने

    • ४.
      आयल निगमले फेरि भन्याे- ‘बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्’

    • ५.
      प्रमुख प्रशासकीय अधिकृत र राजस्व शाखा प्रमुखसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा

    • ६.
      तराईको सुरक्षा अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच विशेष छलफल

    • ७.
      क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

    • ८.
      बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.