देशमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने कोशीका केही हिमाली स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
काठमाडौँ उपत्यकामा आज न्यूनतम तापक्रम ८ देखि १० डिग्री र अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ ।
यस्तै, आज राति केही प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । शनिबार बिहान उपत्यका, खोँच र तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।