• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, मङि्सर ११, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने पोखरेल पक्राउ

सबै अस्थायी कर्मचारी र शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन आधार तयार गरिएको छः मन्त्री वादी

फेवा किङ्स कप भलिबल : गण्डकीद्वारा आयोजक पराजित

आज फेरि बढ्यो सुनको मूल्य

वीरगन्जको क्यासिनोबाट १२ जना पक्राउ

यस्तो छ आजको मौसम

पोखरामा परम्परागत कृषि संस्कृति र पर्यटन प्रवर्द्धन गर्न दाइँ महोत्सव

डीपी अर्याल र कुमार बेनलाई राजनीतिक संरक्षण नदिन जेनजी मुभमेन्टको प्रहरी महानिरीक्षकलाई चेतावनी

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज ८ विधाका खेल हुँदैछ

लोकप्रिय समाचार

  • १. प्रश्न गर्नु अपराध हो र ?

  • २. डिग्रे मेलाको अवसरमा मुसीकोटमा दुई दिन सार्वजनिक बिदा

  • ३. मनकामना केबलकार २९औँ वर्षमा प्रवेश , २ करोड १२ लाख भन्दा बढीले चढे

  • ४. जय नेपाल नभनेको भन्दै सहकर्मी लाई अपशब्द बोल्दै गाली गर्ने हवल्दार माथि कारबाही सुरु

  • ५. निरन्तर घटेको सुनको मुल्यमा आज भारी वृद्धि

  • ६. शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्वायत्ततामा हस्तक्षेप नगर्न वामपन्थी विद्यार्थी संगठनको माग।

  • ७. प्रधानमन्त्री शाह र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

  • ८. फेरी घट्यो सूनको मूल्य

  • ९. दशाैं राष्ट्रिय खेलकुदका खेलस्थल सार्वजनिक, कुन खेल कहाँ हुँदैछ?

  • १०. बालेनलाई नयाँ दिल्लीमा ‘गार्ड अफ अनर’

पोखरामा परम्परागत कृषि संस्कृति र पर्यटन प्रवर्द्धन गर्न दाइँ महोत्सव


  •   शुक्रबार, मङि्सर ११, २०८३ मा प्रकाशित
  • कास्की । पोखराको परम्परागत कृषि प्रणाली, ग्रामीण जीवनशैली र स्थानीय उत्पादनको संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही मङ्सिर १२ गते तेस्रो दाइँ महोत्सव आयोजना हुने भएको छ ।

    Advertisement

    ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा पोखरा महानगरपालिका–२९, लेखनाथको नौबीसे टोलमा महोत्सव आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    पोखरामा बढ्दो सहरीकरण र बदलिँदो जीवनशैलीसँगै लोप हुँदै गएको परम्परागत कृषि प्रणालीलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए ।

    उनका अनुसार महोत्सवले परम्परागत खेती प्रणालीको संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन, खेतीयोग्य जमिनको संरक्षण तथा किसानलाई आफ्नो पेसाप्रति प्रोत्साहित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    “महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउनुका साथै पोखरा आसपासका खेतीयोग्य जमिनको संरक्षण, किसानलाई आफ्नो पेसाप्रति उत्प्रेरित गर्न र कृषि पर्यटनको अवधारणालाई मूर्तरूप दिन सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, उनले भने ।

    महोत्सवमा धेरै धान उत्पादन गर्ने उत्कृष्ट किसानलाई सम्मान गर्नुका साथै धान चुट्ने, दँदेरा गर्ने, गुन्द्री बुन्ने र लट्टो तान्ने प्रतियोगिता सञ्चालन गरिने कार्यक्रम संयोजक एवं पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरिराम अधिकारीले जानकारी दिए ।

    प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने र सहभागी अतिथिलाई स्थानीय उत्पादन उपहारस्वरूप प्रदान गरिने उनले बताए । परम्परागत कृषि संस्कृति, ग्रामीण जीवनशैली र स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर पोखराको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य महोत्सवले लिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए । उनका अनुसार महोत्सवमा सहभागिताका लागि ५० जना विदेशी पर्यटकले नाम दर्ता गराइसकेका छन् ।

    “हामीले २३औँ संस्करणसम्म रोपाइँ महोत्सव गरिसकेका छौँ । रोपाइँ महोत्सवमा सहभागी भएका पर्यटकले धान कसरी भित्र्याइन्छ भन्ने चासो राख्न थालेपछि तीन वर्षअघि दाइँ महोत्सव सुरु गरेका हौँ । अहिले मेसिनबाट धान रोप्ने, काट्ने तथा थन्क्याउने चलन बढ्दै गएको छ । यस्तो अवस्थामा हलगोरु खोजेर परम्परागत विधिबाट दाइँ गर्दै पुरानो कृषि प्रणालीलाई जीवन्त राख्ने प्रयास गरेका छौँ”, अध्यक्ष भुजेलले भने ।

    पोखरालाई सबै मौसममा घुम्न सकिने पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियानअन्तर्गत आयोजना हुन लागेको महोत्सवले कृषि र पर्यटनबिचको सम्बन्ध विस्तार गर्दै ग्रामीण पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले बताए ।

    शुक्रबार, मङि्सर ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने पोखरेल पक्राउ
    सबै अस्थायी कर्मचारी र शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन आधार तयार गरिएको छः मन्त्री वादी
    फेवा किङ्स कप भलिबल : गण्डकीद्वारा आयोजक पराजित
    आज फेरि बढ्यो सुनको मूल्य
    वीरगन्जको क्यासिनोबाट १२ जना पक्राउ
    यस्तो छ आजको मौसम

    लोकप्रिय

    • १.
      प्रश्न गर्नु अपराध हो र ?

    • २.
      डिग्रे मेलाको अवसरमा मुसीकोटमा दुई दिन सार्वजनिक बिदा

    • ३.
      मनकामना केबलकार २९औँ वर्षमा प्रवेश , २ करोड १२ लाख भन्दा बढीले चढे

    • ४.
      जय नेपाल नभनेको भन्दै सहकर्मी लाई अपशब्द बोल्दै गाली गर्ने हवल्दार माथि कारबाही सुरु

    • ५.
      निरन्तर घटेको सुनको मुल्यमा आज भारी वृद्धि

    • ६.
      शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्वायत्ततामा हस्तक्षेप नगर्न वामपन्थी विद्यार्थी संगठनको माग।

    भर्खरै

    • १.
      पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने पोखरेल पक्राउ

    • २.
      सबै अस्थायी कर्मचारी र शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन आधार तयार गरिएको छः मन्त्री वादी

    • ३.
      फेवा किङ्स कप भलिबल : गण्डकीद्वारा आयोजक पराजित

    • ४.
      आज फेरि बढ्यो सुनको मूल्य

    • ५.
      वीरगन्जको क्यासिनोबाट १२ जना पक्राउ

    • ६.
      यस्तो छ आजको मौसम

    • ७.
      पोखरामा परम्परागत कृषि संस्कृति र पर्यटन प्रवर्द्धन गर्न दाइँ महोत्सव

    • ८.
      डीपी अर्याल र कुमार बेनलाई राजनीतिक संरक्षण नदिन जेनजी मुभमेन्टको प्रहरी महानिरीक्षकलाई चेतावनी

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.