प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणबाट फर्किएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग खिचिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
प्रधानमन्त्री शाहले मंगलबार फेसबुकमार्फत उक्त तस्बिर सार्वजनिक गर्दै दुई मन्त्रीको प्रशंसा गरेका हुन्। उनले तस्बिरको क्याप्सनमा ‘देश उँभो लगाउने टोली। निक्कै मिहिनेती मान्छेहरू !’ लेखेका छन्।
यसअघि पनि प्रधानमन्त्री शाहले गृहमन्त्री सुदन गुरुङ र पूर्वाधारमन्त्रीसँगको अनौपचारिक तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ लेखेका थिए।
प्रधानमन्त्री शाहले मन्त्रीहरूसँगका तस्बिर र छोटा सन्देशमार्फत उनीहरूको प्रशंसा गर्दै आएका छन्।