रुकुम पश्चिम । रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले परम्परागत रूपमा मनाइँदै आएको साईकुमारी भगवती मन्दिरको डिग्रे मेलाको अवसरमा दुई दिन स्थानीय सार्वजनिक बिदा दिने भएको छ।
नगरपालिकाको नगर कार्यपालिकाको ६२औँ बैठकको निर्णयअनुसार मंसिर ७ र ८ गते दुई दिन सार्वजनिक बिदा दिइने भएको हो।
नगरपालिकाले उक्त अवधिमा नगर कार्यपालिकाको कार्यालय, स्वास्थ्य संस्था (आकस्मिक सेवाबाहेक), वडा कार्यालय, शैक्षिक संस्थालगायत नगरपालिकाअन्तर्गतका निकाय तथा अन्तरनगरपालिकाका निकायहरूमा समेत स्थानीय सार्वजनिक बिदा दिएको सूचनामा उल्लेख छ।
नगरपालिकाले सबैको जानकारीका लागि सूचना प्रकाशित गरेको जनाएको छ।