काठमाडौं। हाल देशभर पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी प्रदेशका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ। त्यस्तै, तराईका अधिकांश भाग, उपत्यका तथा खोँचका धेरै स्थानमा तुवाँलो र बाक्लो हुस्सु लागिरहेको छ।
आज दिउँसो कोशी र मधेस प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। यस्तै, आज राति पनि कोशी र मधेस प्रदेशमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सफा रहने महाशाखाले उल्लेख गरेको छ।
यसैबीच, तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन तथा यातायातमा पर्न सक्ने प्रभावप्रति आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।