• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

आज एकैदिन तोलामा १३ हजार बढ्यो सुनको मूल्य

प्रेस काउन्सिल नेपाल ऐन संशोधन रोक्न महासंघको माग

ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता प्रशासन

आइजीपी प्रकरण : सरकार भन्छ– पार्टीको निर्देशन, पार्टी भन्छ– हस्तक्षेप गरेका छैनौँ

एनपीएलमा आज दुई वटा खेल हुँदै, लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्दै

एक वर्ष नपुग्दै हटाइएका आईजीपी कार्की भन्छन् , अब सरकार सँग कानुनी लडाइँ लड्छु

सरकारले आईजीपीबाट दानबहादुर कार्कीलाई गर्याे पदमुक्त ,केसी लाई दियो जिम्मेवारी

मन्त्री सीता बादी रुकुम पश्चिम आउँदै

लोकप्रिय समाचार

  • १. पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

  • २. आठबिसकोट नगरपालिकामा प्लास्टिक तथा कृत्रिम फूलमालाको आयात, बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध

  • ३. यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका कैदीबन्दी

  • ४. एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

  • ५. सुनको मूल्यमा गिरावट

  • ६. भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी खत्री पक्राउ

  • ७. सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशी नागरिकको मृत्यु, एक जना घाइते

  • ८. विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ ।

  • ९. लगातार दुई खेलमा हारपछि सन्दीपले भने– हाम्रो सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो

  • १०. कर्णालीमा जडीबुटी बेचेर चार करोड राजस्व संकलन

ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता प्रशासन


  •   बिहिबार, कार्तिक १९, २०८३ मा प्रकाशित
  • जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन सकेका छैनन् । महिनौँदेखि ग्यासको प्रतीक्षामा रहेका उपभोक्ता एउटा भरिएको सिलिन्डरका लागि पसल र डिलर धाउन बाध्य छन् ।

    Advertisement

    भक्तपुरकी स्थानीयवासी सविना बोहजुले तीन महिनादेखि घरमा ग्यास पाउन नसकेको बताइन्। यसअघि आधा मात्रै भरिएको सिलिन्डर पाएकी उनले त्यसयता अर्को सिलिन्डर पाउन नसकेको गुनासो गरिन् ।

    बजारमा ग्यास सहजै पाइन्छ भन्ने सुने पनि आफूले अहिलेसम्म नपाएको उनको भनाइ छ । “अहिले पनि ग्यास खोज्दै भौँतारिरहेकी छु । ग्यास डिलरदेखि खुद्रा बिक्रेतासम्म धाउँदा पनि पाइँदैन । फोन गर्दा ग्यास नै आएको छैन भन्नुहुन्छ”, उनले भनिन्, “बजारमा ग्यास सहज भयो भन्छन्, तर हामीजस्ता उपभोक्ताले कहाँबाट पाउने ?”

    आफूसँग भएको सिलिन्डरको ग्यास सकिन लागेपछि अर्को सिलिन्डरको व्यवस्था गर्न खोज्दा पनि समस्या भएको उनले सुनाइन् । केही थप शुल्क तिरेर भए पनि अर्को कम्पनीको सिलिन्डरसँग साटेर ग्यास लिन सकिन्छ कि भनेर बिक्रेतालाई अनुरोध गर्दा सहयोग नपाएको उनको गुनासो छ ।

    सविनाको जस्तै समस्या अर्का उपभोक्ता सुनील दुवालले पनि भोग्नुपरेको छ । ग्यासका लागि पसलमा नाम टिपाएको लामो समय भइसक्दा पनि सिलिन्डर पाउन नसकेको उनले बताए ।

    “ग्यास पसलका साहुजीलाई जहिले सोधे पनि ग्यास आएपछि खबर गर्छु भन्नुहुन्छ । महिनौँ बितिसक्यो, तर अहिलेसम्म पाएको छैन”, उनले भने, “हामीले पैसा तिरेर किन्ने हो, सित्तैमा दिनुस् भनेका होइनौँ । पैसा तिर्दा पनि एउटा सिलिन्डर नपाउनु कस्तो अवस्था हो ?”

    सरकारी निकाय र सामाजिक सञ्जालमा ग्यासको आपूर्ति सहज भएको सूचना सार्वजनिक भइरहे पनि उपभोक्ताले भने ग्यास पाउन नसकेको उनको भनाइ छ । बजारमा ग्यास आइरहेको भनिए पनि कहाँ वितरण भइरहेको छ र वास्तविक उपभोक्तासम्म किन पुग्न सकेको छैन भन्ने उनको प्रश्न छ ।

    दैनिक खाना पकाउन ग्यासमा निर्भर परिवारका लागि यसको अभावले घरायसी कामकाज प्रभावित भएको छ । ग्यास नपाउँदा समयमै खाना पकाउन नसकिने र वैकल्पिक इन्धनको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको उपभोक्ताको भनाइ छ । विशेषगरी लामो समयदेखि एउटै सिलिन्डर प्रयोग गर्दै आएका परिवारलाई ग्यास सकिएपछि तत्काल अर्को व्यवस्था गर्न कठिन भएको छ ।

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जिल्लामा ग्यासको आपूर्ति सहज भइसकेको दाबी गरे । कुनै एउटा कम्पनीको ग्यास नपाएको अवस्थामा उपभोक्ताले अर्को कम्पनीको डिलरबाट सिलिन्डर साटेर पनि ग्यास लिन सक्ने उनले बताए।

    दसैँअघि जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमार्फत कुन कम्पनीको ग्यास कहाँ र कहिले वितरण हुँदैछ भन्ने सूचना सार्वजनिक गर्दै आएको उनले जानकारी दिए। दसैँपछि ग्यासको आपूर्ति सहज भएको ठानेर त्यस्ता सूचना सार्वजनिक गर्न छाडिएको उनको भनाइ छ ।

    प्रशासनले आपूर्ति सहज भएको दाबी गरे पनि उपभोक्ताले ग्यास पाउन नसकेको गुनासो गरिरहेका छन् । प्रशासनको दाबी र बजारको वास्तविक अवस्थाबीच तालमेल नहुँदा उपभोक्तामा अन्योल देखिएको छ । आपूर्ति सहज भएको हो भने ग्यासको प्रतीक्षामा रहेका उपभोक्ताले किन पाउन सकेका छैनन् भन्ने प्रश्न उठेको छ । ग्यासको उपलब्धता र वितरणबारे स्पष्ट सूचना उपभोक्तासम्म नपुग्दा समस्या थप जटिल बनेको देखिन्छ ।

    • उपभोक्त
    • ग्यास अभाव
    • ग्यास बिक्री
    • नेपाल आयल निगम
    बिहिबार, कार्तिक १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै
    आज एकैदिन तोलामा १३ हजार बढ्यो सुनको मूल्य
    प्रेस काउन्सिल नेपाल ऐन संशोधन रोक्न महासंघको माग
    आइजीपी प्रकरण : सरकार भन्छ– पार्टीको निर्देशन, पार्टी भन्छ– हस्तक्षेप गरेका छैनौँ
    एनपीएलमा आज दुई वटा खेल हुँदै, लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्दै
    एक वर्ष नपुग्दै हटाइएका आईजीपी कार्की भन्छन् , अब सरकार सँग कानुनी लडाइँ लड्छु

    लोकप्रिय

    • १.
      पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

    • २.
      आठबिसकोट नगरपालिकामा प्लास्टिक तथा कृत्रिम फूलमालाको आयात, बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध

    • ३.
      यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका कैदीबन्दी

    • ४.
      एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

    • ५.
      सुनको मूल्यमा गिरावट

    • ६.
      भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी खत्री पक्राउ

    भर्खरै

    • १.
      भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

    • २.
      आज एकैदिन तोलामा १३ हजार बढ्यो सुनको मूल्य

    • ३.
      प्रेस काउन्सिल नेपाल ऐन संशोधन रोक्न महासंघको माग

    • ४.
      ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता प्रशासन

    • ५.
      आइजीपी प्रकरण : सरकार भन्छ– पार्टीको निर्देशन, पार्टी भन्छ– हस्तक्षेप गरेका छैनौँ

    • ६.
      एनपीएलमा आज दुई वटा खेल हुँदै, लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्दै

    • ७.
      एक वर्ष नपुग्दै हटाइएका आईजीपी कार्की भन्छन् , अब सरकार सँग कानुनी लडाइँ लड्छु

    • ८.
      सरकारले आईजीपीबाट दानबहादुर कार्कीलाई गर्याे पदमुक्त ,केसी लाई दियो जिम्मेवारी

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.