• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पाण्डे पक्राउ

सम्पादकीय : उज्यालोपाटी तेस्रो वर्षमा प्रवेश

कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

एनपिएलको तयारी अन्तिम चरणमा

राष्ट्रसेवकलाई काम गर्न अवरोध गरेको आरोपमा आठबिसकोटका वडाध्यक्ष पक्राउ

प्रहरी हिरासतमै कुटिए वडा अध्यक्ष छानबिन र कारबाहीको माग

दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा

बालेन, रवि र सुधनलाई जेलमा हाल, होइन भने जेनजी आन्दोलनकारीलाई रिहाइ गर – सरिस्मा थापा

सानीभेरीमा बाढीको बितण्डा : एक घर बगायो, दुई घर ढले, १६ पशुचौपाया मरे

लोकप्रिय समाचार

  • १. भू–राजनीतिमा नेपालको भूमिका

  • २. प्रहरी हिरासतमै कुटिए वडा अध्यक्ष छानबिन र कारबाहीको माग

  • ३. काँग्रेस केन्द्रिय सदस्यमा इन्जिनियर कंडेलको उम्मेदवारी

  • ४. बुद्धिचालमा नियोन पौडेलको चामत्कारिक छलाङ: १६९२ रेटिङसहित ऐतिहासिक फिडे आइडी कब्जा!

  • ५. बाढीपहिरो प्रभावित २० परिवारलाई विश्वकर्मा समाज नेपालद्वारा राहत वितरण ।

  • ६. काङ्ग्रेस महाधिवेशन :पदाधिकारी संख्या १४ बाट बढाएर २३ पुर्‍याउने निर्णय

  • ७. राष्ट्रसेवकलाई काम गर्न अवरोध गरेको आरोपमा आठबिसकोटका वडाध्यक्ष पक्राउ

  • ८. दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा

  • ९. आठबिसकोटमा वास सुशासन तथा खानेपानी सुरक्षा योजना सम्बन्धी कार्यशाला सम्पन्न

  • १०. सानीभेरीमा बाढीको बितण्डा : एक घर बगायो, दुई घर ढले, १६ पशुचौपाया मरे

आठबिसकोटमा वास सुशासन तथा खानेपानी सुरक्षा योजना सम्बन्धी कार्यशाला सम्पन्न


  •   शनिबार, असोज १७, २०८३ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा पालिकास्तरीय विस्तारित खानेपानी सुरक्षा योजना सम्बन्धी गोष्ठी सम्पन्न भएको छ। नगरपालिकाभित्र सञ्चालित खानेपानी योजनालाई सुरक्षित, गुणस्तरीय, व्यवस्थित र दिगो बनाउने उद्देश्यले गोष्ठी आयोजना गरिएको हो।

    Advertisement

    गोष्ठीमा खानेपानीको स्रोतदेखि उपभोक्ताको धारासम्म हुन सक्ने सम्भावित जोखिमको पहिचान, जोखिम न्यूनीकरण, खानेपानीको गुणस्तर सुनिश्चितता, योजनाको नियमित सञ्चालन तथा दीर्घकालीन व्यवस्थापनका विषयमा छलफल गरिएको थियो।

    गोष्ठीमा सुस्वा आयोजनाका सुशासन विज्ञ निराजन श्रेष्ठ, वास सल्लाहकार प्रमोदलाल श्रेष्ठ र वास अधिकृत वीरेन्द्र बटालाले सहजीकरण गर्नुभएको थियो।

    सुशासन विज्ञ निराजन श्रेष्ठले सुरक्षित खानेपानीका लागि पानीको गुणस्तर कायम गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले खानेपानीको स्रोतदेखि उपभोक्ताको धारासम्म हुन सक्ने जोखिम पहिचान गरी समयमै न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो।

    वास सल्लाहकार प्रमोदलाल श्रेष्ठले खानेपानी सेवाको दिगोपनाका लागि नियमित मर्मत सम्भार, प्रभावकारी योजना सञ्चालन तथा व्यवस्थापन र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँले खानेपानी योजनाको भौतिक संरचना निर्माणसँगै त्यसको दीर्घकालीन सञ्चालन र व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो।

    त्यसैगरी वास अधिकृत वीरेन्द्र बटालाले आठबिसकोट नगरपालिकाभित्र सञ्चालित खानेपानी योजनाको सुचारुपना र हालको सञ्चालन अवस्थाबारे जानकारी गराउनुभयो। उहाँले योजनालाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक व्यवस्थापन, मर्मतसम्भार तथा सुधारका विषयमा प्रस्तुति दिनुभयो।

    आठबिसकोट नगरपालिका र सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) को सहजीकरणमा आयोजित गोष्ठीमा नगरपालिकाका सम्बन्धित शाखाका प्रतिनिधि, खानेपानी योजनाका प्रमुख, ग्रामीण मर्मत सम्भार कार्यकर्ता (VMW) लगायत विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।

    गोष्ठीमा विस्तारित खानेपानी सुरक्षा योजनाको अवधारणा, खानेपानीको गुणस्तर र सुरक्षा, सम्भावित जोखिमको पहिचान तथा न्यूनीकरण, योजनाको सुचारु सञ्चालन र दिगो व्यवस्थापनका विषयमा सहभागी बीच छलफल गरिएको थियो।

    WSP+++ ले खानेपानी सेवाको सुरक्षा र गुणस्तरसँगै योजनाको संस्थागत तथा व्यवस्थापकीय पक्षलाई समेत समेट्ने भएकाले स्थानीय तहमा खानेपानी सेवाको दिगोपना कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। नलगाड नगरपालिकामा पहिलो पटक आयोजना गरिएको गोष्ठीले नगरपालिका, खानेपानी योजना र समुदाय बीचको समन्वयलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    खानेपानी सुरक्षा योजना सम्बन्धी प्रतिबद्धतापत्र
    हामी, यस कार्यशालामा सहभागी आठबिसकोट नगरपालिकाका उपभोक्ता समिति, मर्मत सम्भार कार्यकर्ता, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका तथा सम्बन्धित सरोकारवालाहरू, पालिकाभित्र सुरक्षित, गुणस्तरीय, समावेशी, सर्बसुलभ तथा दिगोपना र सुचारुपना सेवा सुनिश्चित गर्न देहायबमोजिम प्रतिबद्धता व्यक्त गर्दछौँः

    खानेपानीको स्रोतदेखि उपभोक्ताको धारासम्म हुन सक्ने जोखिमहरू पहिचान, मूल्याङ्कन तथा न्यूनीकरण गर्न खानेपानी सुरक्षा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नेछौँ ।

    रास्ट्रिय खानेपानी गुणस्तर मापदण्ड ले तोकिएको भौतिक , रसायनिक र जैविक परिक्षणमा उल्लेखित खानेपानीको गुणस्तर बमोजिम नियमित रूपमा परीक्षण, अनुगमन तथा अभिलेखीकरण गर्ने र देखिएका गुणस्तरसम्बन्धी समस्या समयमै समाधान गर्न आवस्यकता अनुसार बिसंक्रमण (Disinfection Plan) कार्य योजना आवश्यक पहल गर्नेछौँ ।

    खानेपानीका मुहान, मुलाधार क्षेत्र, वितरण प्रणाली लगायत सम्पूर्ण संरचनाहरुको संरक्षण गर्दै सम्भावित प्रदूषण तथा अन्य जोखिम न्यूनीकरणका उपायहरू अवलम्बन गर्नेछौँ ।

    बाढी, पहिरो, भूकम्प, खडेरी, जलवायु परिवर्तन तथा अन्य विपद्का कारण खानेपानी सेवामा पर्न सक्ने जोखिम पहिचान गरी आवश्यक पूर्वतयारी तथा व्यवस्थापन गर्नेछौँ ।

    खानेपानी सेवामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच र सहभागिता सुनिश्चित गर्नेछौँ ।
    खानेपानी सुरक्षा योजनाका कार्यहरूलाई स्थानीय तह तथा उपभोक्ता समितिको नियमित योजना, बजेट, अनुगमन तथा निर्णय प्रक्रियासँग आबद्ध गर्नेछौँ ।

    खानेपानी प्रणालीको सञ्चालन, नियमित मर्मतसम्भार तथा सेवा निरन्तरताका लागि पालिकाको सेवा सहायताकेन्द्र लाइ संस्थागत गर्दै मर्मत सम्भार कार्यविधिमा उल्लेखित सेवा सर्तमा रही उपभोक्ता समिति, स्थानीय तह तथा सम्बन्धित प्राविधिक जनशक्तिको भूमिका र जिम्मेवारी स्पष्ट गर्नेछौँ ।

    खानेपानी सुरक्षा योजनाको कार्यान्वयनका क्रममा पहिचान भएका जोखिम, समस्या तथा सुधारका विषयहरूलाई सम्बन्धित सेवा प्रदायक उपभोक्ता समितिहरुको सस्थागत आत्मनिर्भरतामा जोड दिन खानेपानी महसुल निर्धारण देखि कार्यन्वयन गर्दै सेवा प्रबाहको नियमित र निरन्तरताका लागि मर्मत सम्भार कार्यविधिलाइ चुस्तदुरुस्त कार्यन्वयन गर्दै सम्बन्धित निकाय तथा संस्थागत संयन्त्रमामार्फत समयमै सम्बोधन गर्नेछौँ ।

    खानेपानी सुरक्षा योजनालाई एकपटक गरिने गतिविधिको रूपमा नभई निरन्तर अनुगमन, समीक्षा र सुधार गरिने नियमित व्यवस्थापन प्रक्रियाका रूपमा अघि बढाउनेछौँ।

    यस प्रतिबद्धतापत्रमा उल्लेखित विषयहरूलाई आ–आफ्नो भूमिका, जिम्मेवारी तथा कार्यक्षेत्रअनुसार कार्यान्वयन गर्दै पालिकामा सुरक्षित, भरपर्दो, समावेशी तथा दिगो खानेपानी सेवा सुनिश्चित गर्न सामूहिक प्रयास गर्नेछौँ।

    शनिबार, असोज १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पाण्डे पक्राउ
    सम्पादकीय : उज्यालोपाटी तेस्रो वर्षमा प्रवेश
    कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची
    एनपिएलको तयारी अन्तिम चरणमा
    राष्ट्रसेवकलाई काम गर्न अवरोध गरेको आरोपमा आठबिसकोटका वडाध्यक्ष पक्राउ
    प्रहरी हिरासतमै कुटिए वडा अध्यक्ष छानबिन र कारबाहीको माग

    लोकप्रिय

    • १.
      भू–राजनीतिमा नेपालको भूमिका

    • २.
      प्रहरी हिरासतमै कुटिए वडा अध्यक्ष छानबिन र कारबाहीको माग

    • ३.
      काँग्रेस केन्द्रिय सदस्यमा इन्जिनियर कंडेलको उम्मेदवारी

    • ४.
      बुद्धिचालमा नियोन पौडेलको चामत्कारिक छलाङ: १६९२ रेटिङसहित ऐतिहासिक फिडे आइडी कब्जा!

    • ५.
      बाढीपहिरो प्रभावित २० परिवारलाई विश्वकर्मा समाज नेपालद्वारा राहत वितरण ।

    • ६.
      काङ्ग्रेस महाधिवेशन :पदाधिकारी संख्या १४ बाट बढाएर २३ पुर्‍याउने निर्णय

    भर्खरै

    • १.
      न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पाण्डे पक्राउ

    • २.
      सम्पादकीय : उज्यालोपाटी तेस्रो वर्षमा प्रवेश

    • ३.
      कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

    • ४.
      एनपिएलको तयारी अन्तिम चरणमा

    • ५.
      राष्ट्रसेवकलाई काम गर्न अवरोध गरेको आरोपमा आठबिसकोटका वडाध्यक्ष पक्राउ

    • ६.
      प्रहरी हिरासतमै कुटिए वडा अध्यक्ष छानबिन र कारबाहीको माग

    • ७.
      दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा

    • ८.
      बालेन, रवि र सुधनलाई जेलमा हाल, होइन भने जेनजी आन्दोलनकारीलाई रिहाइ गर – सरिस्मा थापा

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.