काठमाडौं । नेपाली बजारमा आइतबार (असोज ११) सुनचाँदीको मूल्य बढेको छ ।
गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
योसँगै आइतबार छापावाल सुनको मूल्य २ लाख ९९ हजार ३०० रुपैयाँ पुगेको छ ।
शुक्रबार छापावाल सुनको मूल्य २ लाख ९८ हजार ६०० रुपैयाँ थियो ।