भलिबल संघ रुकुम पश्चिमको तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशन बाट भीमप्रकाश विकको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको गरिएको छ।
मंगलबार भएको उक्त अधिवेशन बाट उपाध्यक्षमा गणेश शाही, सचिवमा प्रकाश विक र कोषाध्यक्षमा आदित्यकुमार मल्ल चयन भएका छन् । त्यस्तै सदस्यहरूमा भिमदत्त बुढाथोकी, धनमाया बोहरा, यदुकुमार आचार्य, तेजविक्रम बिएम, सुधीर शाह सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यस्तै शर्मिला परियार, यमन बाँठामगर, हरिमाया ओली र अस्मिता बाँठा मनोनीत भएका हुन् ।
संघले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । जिल्ला भलिबल संघका उपाध्यक्ष तेजविक्रम बिएमको अध्यक्षता तथा सामाजिक विकास कार्यालयका प्रमुख मितलेशकुमार यादवको रोहबरमा भेला सम्पन्न भएको हो।