गत भदौ १० गते रसुवाको भोटेकोसीमा अचानक आएको भयानक बाढीले हजारौंको ज्यान गयो। हजारौं जना अझैसम्म बेपत्ता छन् । क्षतिको विवरण अझै एकिन भएको छैन। नेपाल यतिबेला विश्वभरका सञ्चारमाध्यममा हेडलाईन बनिरहेको छ । हजारौ मानिसहरु घरबार बिहिन बनेका छन् भने दर्जन बढी मुख्य सडकहरु तहस नहस भएका छन्।
बाढीले तहस नहस बनाएको ठाउँ नुवाकोटको विदुरमा रहेको एउटा घर जसको चर्चा विश्वभर नै भयो। वरीपरी बाढीको उर्लदो भेलाका बीच पनि चट्टान बनेर बसेको आश्चर्यचकित बनाउने गरीहरियो घरको भिडिओले धेरैको ध्यान तान्यो । जसमा चारैतिर बाढीले घेरेको एउटा हरियो रङको घरको माथिल्लो तलामा मानिसहरू गुहार मागिरहेका थिए ।
उर्लदो बाढीका बिचमा रहेको त्यो घर र ती मानिस विनाशकारी बाढीबाट बाँच्न सफल भएका छन्। त्यो दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। नुवाकोटस्थित त्रिशूली नदीको बीचमा परेर पनि जोगिएको त्यो घर हो। दम्पती प्रकाश पाण्डे र लक्ष्मी पाण्डेको उनीहरूका अनुसार बाढीको पानी घरमा पसेपछि परिवारका ६ सदस्य माथिल्लो तलामा उक्लिए। पानी चौथो तलासम्म पुगेको थियो। झन्डै डेढ घण्टासम्म उनीहरू बाढीको दृश्य टुलुटुलु हेरेर बस्न बाध्य भए।
बाढी घटेपछि स्थानीयले पाइप र डोरी प्रयोग गरेर उनीहरूलाई सुरक्षित रूपमा उद्धार गरे। घरधनी लक्ष्मी पाण्डेले सञ्चारमाध्यमसँग भनेकी छन्, हाम्रो परिवार बाढीबाट बच्नु कुनै चमत्कारभन्दा कम थिएन।
उनले यसलाई पुनर्जन्मकै रूपमा लिएकी छन्। समाचार एजेन्सी एएनआईसँग उनले भनेकी छन्, ‘बाढीको पानी घरमा पस्न थाल्यो, त्यसैले मसहित हाम्रो परिवार माथिल्लो तलामा सर्यौँ। यसैले हाम्रो ज्यान बच्यो।’
एक अन्तर्वार्तामा उनका श्रीमान् प्रकाशले बताएअनुसार बाढी आउँदा उनी नजिकैको आफ्नो पसलमा थिए। त्यसपछि तुरुन्तै घर गए र आफ्नो परिवारका सदस्यहरूलाई माथिल्लो तलामा जान भने। जब उनी बाहिर निस्किए, तब देखे- तीव्र बहाबले तुरुन्तै गाडी बगाएयो। त्यसपछि उनी फेरि भित्र गए।
प्रकाशका अनुसार, त्यो घर लगभग ४० वर्ष पुरानो हो। त्यतिबेला निर्माण सामग्री गुणस्तरीय थिए भन्ने उनको विश्वास छ। नदीको नजिक भएकाले घर बनाउँदा जग बलियो बनाउन विशेष ध्यान दिइएको थियो। जगमुनि दुई वा तीन तह सडक निर्माण सामग्री राखिएको थियो।
यद्यपि तल रहेको पसल र गोदाममा व्यापक क्षति भएको उनले बताएका छन्। ठुलो मात्रामा सामान बगाएको छ भने दुई सवारी साधन, एउटा बाइक र एउटा स्कुटर पनि बाढीले बगाएको छ।