काठमाडौँ। नेपाली बजारमा चालु साता सुनचाँदीको मूल्यमा ठूलो उतारचढाव देखिएको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।
अघिल्ला दिनहरूमा ओरालो लागेको सुनको मूल्य शुक्रबार एकैदिन तोलामा ३ हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मूल्यमा भारी वृद्धि भएसँगै शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँ कायम भएको छ।