मुगु जिल्लालाई केन्द्रबिन्दु बनाएर बुधबार बिहान दुई पटक भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १ः५१ बजे ४.५ म्याग्निच्युड र ४ः२८ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
दुवै भूकम्पको केन्द्रबिन्दु मुगु आसपास रहेको केन्द्रले जनाएको छ ।