• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

सुनको मुल्य बढ्यो

भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

कर्णालीमा दुई पटक गयो भूकम्प

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

  • ३. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ४. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ५. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ६. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ७. आज घट्यो सुनचाँदीको मूल्य

  • ८. नेपाल भलिवल लिगको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण खेल्दै

  • ९. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • १०. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

भदौ २७ लाई लिएर जेनजी आन्दोलनका दुई अगुवाको फरक धारणा


  •   आइतबार, भदौ २८, २०८३ मा प्रकाशित
  • काठमाडौं । नेपालमा भएको जेनजी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुडान गुरुङ र रवि किरण हमालले भदौ २७ को घटनालाई लिएर बिल्कुल फरक धारणा सार्वजनिक गरेका छन्। गुरुङले भदौ २७ लाई राजनीतिक अन्योल र शक्ति रिक्तताबाट देशलाई निकास दिने ऐतिहासिक दिनका रूपमा व्याख्या गरेका छन् भने हमालले त्यही दिनलाई “देश जलाउने र हिंसा भड्काउने शक्तिले सत्ता आफ्नो हातमा लिएको दिन”का रूपमा चित्रण गरेका छन्।

    Advertisement

    भदौ २३ पछिको अवस्था अभूतपूर्व राजनीतिक संकटको अवस्थामा पुगेको गुरुङले बताएका छन्। स्थापित राजनीतिक नेतृत्वप्रतिको जनविश्वास भत्किएको, पुरानो नेतृत्व स्वीकार्य नभएको र नयाँ नेतृत्व चयन गर्ने स्पष्ट बाटोसमेत नरहेको उनको भनाइ छ।

    उनका अनुसार लगातार तीन दिनसम्म देश कहाँ जाने, अब कसले निकास दिने र कसको नेतृत्वमा आफूहरू सुरक्षित महसुस गर्न सकिन्छ भन्ने प्रश्नमा अल्झिएको थियो।

    देश राजनीतिक अन्योल र ‘पावर भ्याकुम’मा पुगेको उल्लेख गर्दै गुरुङले आफू नागरिकका रूपमा देशले निकास पाउनुपर्ने र राज्य सञ्चालन हुनुपर्ने पक्षमा उभिएको बताएका छन्।

    भदौ २७ मा राष्ट्रपति कार्यालय पुगेको प्रसंग स्मरण गर्दै गुरुङले आफू रगतले लतपतिएको ज्याकेटमा रहेको तथा पानीसमेत नपिई करिब नौ घण्टा प्रतीक्षा गरेको बताएका छन्। बाहिर सिंगो देशले राजनीतिक निकासको प्रतीक्षा गरिरहेका बेला आफूहरू देशलाई खाली हात फर्काउन नहुने अडानमा रहेको उनको भनाइ छ।

    अन्ततः सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेपछि आफूले ठूलो जिम्मेवारीको भारी विसाएर हलुका भएको र देशले निकास पाएको अनुभूति भएको गुरुङले बताएका छन्।

    तर, जेनजी आन्दोलनका अर्का अगुवा रबी किरण हमालले भने भदौ २७ लाई बिल्कुल फरक ढंगले व्याख्या गरेका छन्।

    हमालका अनुसार भदौ २७ “देश जलाउने र हिंसा भड्काउने शक्तिले सत्ता आफ्नो हातमा लिएको दिन” हो। उनले त्यस दिनदेखि “जेनजी आन्दोलन मात्र हारेको थिएन, सिङ्गो देश हारेको थियो” भन्ने दाबी गरेका छन्।

    त्यसबेला सुरक्षा निकाय, निजामती प्रशासन र आन्दोलनकारीसमेत निरीह बनाइएको हमालको भनाइ छ। त्यही परिस्थितिलाई बुझेर आफूले सुरक्षा निकाय, निजामती प्रशासन र राष्ट्रपति कार्यालयसमक्ष शपथ रोक्न आग्रह गरेको उनले बताएका छन्।

    “अन्तिम क्षणसम्म हामीले रोक्न सकिन्छ कि भनेर प्रयास गर्‍यौँ। तर हामी सकेनौँ,” हमालले भनेका छन्।

    भदौ २७ मा आफूहरूले प्रयास गरे पनि सफल हुन नसकेको घटनालाई व्यक्तिगत असफलताका रूपमा नलिएको हमालले बताएका छन्। समयले क्रमशः त्यसबेलाको वास्तविकता पुष्टि गर्दै जाने उनको दाबी छ।

    हमालले जेनजी आन्दोलन त्यसबेला पराजित भए पनि आन्दोलनले उठाएका प्रश्न, आवाज र संघर्ष भने पराजित नभएको बताएका छन्।

    “इतिहासले एक दिन सोध्नेछ—देश जलाएर, हिंसा भड्काएर सत्ता कब्जा गर्दाखेरि कसले रोक्ने प्रयास गर्‍यो र कसले मौन बसेर सत्ता स्वीकार गर्‍यो?” उनले भनेका छन्।

    भदौ २७ लाई लिएर जेनजी आन्दोलनका दुई अगुवाबाट आएका यी फरक धारणाले आन्दोलनपछिको राजनीतिक संक्रमण र त्यस दिनको भूमिकाबारे रहेको मतभिन्नतालाई समेत सतहमा ल्याएको छ।

    गुरुङका लागि भदौ २७ कठिन परिस्थितिबीच देशलाई निकास दिने आवश्यक राजनीतिक हस्तक्षेपको दिन हो भने हमालका लागि त्यो जेनजी आन्दोलन र सिङ्गो देशले राजनीतिक रूपमा हार व्यहोरेको दिन हो।

    आइतबार, भदौ २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै
    आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
    आज पनि घट्यो सुनको मूल्य
    कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

    • ३.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ४.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ५.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ६.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    भर्खरै

    • १.
      आज बढ्यो सुनको मूल्य

    • २.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ३.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ४.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ५.
      आज पनि घट्यो सुनको मूल्य

    • ६.
      कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    • ७.
      सुनको मुल्य बढ्यो

    • ८.
      भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.