रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ६ स्थित देउता खोलामा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । वडा नम्बर ६ को कोटगाउँबाट सानीभेरी ९ सिम्ली हुँदै खलंगा जाँदै गरेको लु १ च ६०२९ नम्बरकाे जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार २ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको जनाएको छ।
अहिले प्रहरी घटनास्थलमा पुगेको र जिल्लाबाट डिएसपी नेतृत्वको टोली समेत घटनास्थल तर्फ गइरहेको बताईएको छ ।
मृतकको सनाखत हुन नसकेको र ४ जना गम्भीर घाइते रहेको बताएको छ। जिपमा ११ जना सवार रहेको र बाँकी ५ जना पनि घाइते रहेकोजनाईएको छ।