काठमाडौं। नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ९ हजार ५ सय रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँमा झरेको छ। यसअघि गत शुक्रबार तोलामा २ हजार ४ सय रुपैयाँ र बिहीबार १ हजार २ सय रुपैयाँले सुनको मूल्य घटेको थियो। गत शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि आज गिरावट आएको छ। आज चाँदीको मूल्य तोलामा १ सय ८५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ हजार ६५ रुपैयाँमा बिक्री भएको थियो।