चितवन । बाढीपहिरोमा परी मृत्यु भएका आफन्तको शव सनाखत भइसके पनि आर्थिक अभावका कारण चितवनबाट शव घर लैजान नसकेका परिवारलाई कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले सहयोग गर्ने भएका छन् ।
सनाखत भएका शव घर लैजान समस्या भएका परिवारले कालिका नगरपालिकाका मेयर विनोद रेग्मीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । मेयर रेग्मीले शव लैजानका लागि आफ्नै सवारी साधन प्रयोग नगरी शव वाहनको व्यवस्था गरी सहयोग गर्दै आएका छन् ।
शव घरसम्म लैजान आर्थिक तथा अन्य समस्या भएका परिवारले मेयर रेग्मीलाई ९८५५०५८९१४ मा सम्पर्क गर्न सक्ने जनाइएको छ ।