काठमाडौं । नागढुंगा–मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको गजुरी नजिकै चालिसेमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ ।
आज (सोमबार) बिहान करिब पौने ६ बजे खसेको पहिरोका कारण राजमार्ग पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सडक अवरुद्ध भएपछि काठमाडौंबाट बाहिरिने र काठमाडौं भित्रिने सयौँ सवारीसाधनहरू बाटामा रोकिएका छन् भने लामो जाम लागेको छ ।