काठमाडौं । पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणमा सर्वोच्च अदालतले उनलाई प्रहरीले बरामद गरेका सामानसहित आगामी भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। अदालतले श्रेष्ठको निवास तथा जनआस्था कार्यालयबाट प्रहरीले बरामद गरेका सामग्री पनि अदालतमा पेश गर्न निर्देशन दिएको छ।