गत साता ५ दिनमा २४ हजार २ सय बढेको सुनको भाउ फेरि लगातार घट्न थालेको छ।
सुनको भाउ आज तोलामा ४ हजार ६ सय रुपैयाँ घटेर ३ लाख १ हजार ६ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेर ३ लाख ६ हजार २ सयमा झरेको थियो। त्यसअघि बुधबार पनि सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ घटेको थियो।