काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला तीन लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५ सय रुपैयाँले घटेर तीन लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
HIGHLIGHTSसुनको मूल्य ५ सय रुपैयाँले घटेर तीन लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला ४७५० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ६२ हजार ५ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४०७२.५ रुपैयाँ कायम भएको छ ।