रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ हुसीखोलामा छोराले आफ्नै बाबुको हत्या गरेका छन्।
सानीभेरी गाउँपालिका–८ हुसीखोला बस्ने अन्दाजी २६ वर्षीय पारस घर्तीले आफ्नै बुवा ठगेन्द्र घर्तीलाई धारिलो हतियार हँसियाले टाउकोको पछाडिको भागमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो।
घटनापछि पारस घर्तीलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।