रुकुम पश्चिममा सकेट बम फेला परेको छ । आज बिहान जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर १ स्थित भेटिएको सकेट बम डिस्पोज गरिएको छ ।
नेपाली सेनाको चण्डी दल गण सल्लेको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिए ।
आज बिहान बाटोमा हिड्ने क्रममा बम भेटिएपछि स्थानीले प्रहरी चौकी पुर्तिमकाँ लाई जानकारी गराएका थिए ।
सूचना पाएलगत्तै प्रहरी चौकी पुर्तिमकाँडाबाट प्रहरी सहायक निरीक्षक युवराज पाण्डेको कमान्डमा ३ जनाको टोली घटनास्थल पुगेको थियो ।