• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, भदौ ०८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

सुनको मूल्यमा प्रतितोला ३२ सय बढ्यो, कति पुग्यो ?

आज प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ कार्यसूची

कस्तो रहला आजको मौसम?

इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न

सुनको मूल्य ह्वात्तै बढ्यो

रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

९ दिन पछि खुल्यो जाजरकोटको चौखामा बाढीले बगाएको सडक, पुनः अवरुद्ध हुने जोखिम कायमै

छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

लोकप्रिय समाचार

  • १. रुकुम श्री बस चढ्दा फ्री टिकट देखि स्कुटर जित्ने मौका

  • २. नेकपा – एमाले बीच कर्णालीमा मिल्यो भागबन्डा कसले कुन मन्त्रालय पाए ?

  • ३. छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

  • ४. जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

  • ५. रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

  • ६. भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

  • ७. विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा प्रदेशसभाको जोड

  • ८. कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज विश्वासको मत लिँदै

  • ९. आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार?

  • १०. रुकुम पश्चिम सहित देशका बिभिन्न सडक अवरुद्ध

आठबिसकोट ४ को बिकासका लागी भावी मार्ग चित्र

"स्थानीय विकासलाई प्राथमिकता दिँदै गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, सडक, खानेपानी, कृषि, पर्यटन, खेलकुद र रोजगारीलाई विशेष जोड "

  •   आइतबार, असार १४, २०८३ मा प्रकाशित
  • “वडा नं. ४ का लागि १३ बुँदे विकास योजना सार्वजनिक”
    “शिक्षा, स्वास्थ्यदेखि पर्यटनसम्म प्राथमिकतामा

    Advertisement


    रुकुम पश्चिम।
    रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नं. ४ को समग्र विकासलाई लक्ष्य बनाउँदै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन, खेलकुद, महिला तथा बालबालिका, वातावरण संरक्षणलगायत विभिन्न क्षेत्र समेटिएको १३ बुँदे विकास प्रतिबद्धता सार्वजनिक गरिएको छ। सोही वडाका युवा नेता तथा समाजसेवी यज्ञ विकले आठबिसकोट नगरपालिका ४ को विकासको भावी मार्गचित्र तयार पारेका हुन्।

    विकासमा वडा नम्वर ४ भविष्यमा कहाँ पुग्न सक्छ ? भनेर देख्न सकिने ठोस दृष्टिकोणका रुपमा तयार पारेको भावी योजनामा गुणस्तरीय शिक्षाको विस्तार, सरकारी विद्यालयको सुधार, प्रविधिमैत्री शिक्षण प्रणाली, निःशुल्क कोचिङ कक्षा सञ्चालन, गरिब तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखिएको छ।

    त्यस्तै स्वास्थ्य क्षेत्रमा सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्ने, नियमित स्वास्थ्य शिविर सञ्चालन, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ।कृषि तथा पशुपालनलाई आधुनिक र व्यावसायिक बनाउने, किसानलाई अनुदान, सिँचाइ विस्तार, उत्पादनको बजारीकरण तथा कृषि एम्बुलेन्स सेवा सञ्चालन गर्ने योजना पनि प्रतिबद्धतामा समेटिएको छ।

    पूर्वाधार विकासतर्फ वडा भित्रका सडक स्तरोन्नति, नयाँ सडक निर्माण, झोलुङ्गे पुल, खानेपानी योजना, ढल व्यवस्थापन तथा सरसफाइ कार्यक्रम सञ्चालन गरिने योजनाकार विकले उल्लेख गरेका छन् ।

    पर्यटन प्रवर्द्धनका लागि धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलको संरक्षण, पदमार्ग, होमस्टे, जिपलाइन तथा मनोरञ्जन पार्क निर्माण गर्ने योजना पनि सार्वजनिक गरिएको छ। त्यसैगरी खेलकुद पूर्वाधार निर्माण, नगरस्तरीय खेलमैदान, युवा खेलाडी उत्पादन, महिला सशक्तीकरण, बालअधिकार संरक्षण, जातीय विभेद अन्त्य, वन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा कला–संस्कृतिको संरक्षणलाई समेत प्रतिबद्धतामा समावेश गरिएको छ।

    भावी मार्ग चित्रमा सार्वजनिक गरिएका योजनाहरू कार्यान्वयनका लागि स्थानीय सरकार, सम्बन्धित निकाय तथा समुदायको सहकार्य आवश्यक रहने उल्लेख गरिएको छ।

    अब हेरौँ यज्ञ बिकले तयार पारेको आठबिसकोट वडा नम्वर ४ को विकासका लागी भावी मार्ग चित्र।

    १. शिक्षा क्षेत्र
    गुणस्तरीय शिक्षा: आजको आवश्यकता

    ❖ श्री ज्ञानोदय माध्यमिक विद्यालय चौतारालाई आवासीय विद्यालयको रूपमा विकास गरी सोको लागि आवासीय पूर्वाधारको रूपमा जोड दिइने।

    ❖ श्री ज्ञानोदय मा.वि. चौतारोलाई पूर्ण रूपमा प्रविधिमैत्री (स्मार्ट बोर्ड, डिजिटल हाजिरी, CCTV क्यामेरा जडान) बनाइने।

    ❖ श्री ज्ञानोदय मा.वि. चौताराको खेल मैदान निर्माण गर्ने तथा खेलकुद सामग्रीहरूको विस्तार गरिने साथै खेलकुद शिक्षक व्यवस्थापन गरी कराँते, तेक्वान्दो जस्ता खेलहरूको व्यवस्था गरिने।

    ❖ श्री ज्ञानोदय मा.वि. लगायतका विद्यालयहरूमा बाह्रै महिना निःशुल्क कोचिङ कक्षा सञ्चालनको व्यवस्था गरिने, जसको लागि शिक्षक पारिश्रमिकको व्यवस्था गरिने।

    ❖ कक्षा १ देखि ५ सम्म अनिवार्य अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुने व्यवस्था मिलाइने।

    ❖ सार्वजनिक पद धारण गरेका व्यक्ति तथा राजनीतिक दलका नेता–कार्यकर्ताहरूका छोराछोरी अनिवार्य रूपमा सरकारी विद्यालयमा पठनपाठन गराउनुपर्ने संस्कृतिको विकास गरिने।

    ❖ कक्षा १ देखि ५ सम्मका गरिब तथा विपन्न विद्यार्थीहरूलाई निःशुल्क शैक्षिक सामग्री उपलब्ध गराइने।

    ❖ पढ्दै कमाउँदै कार्यक्रमलाई निरन्तरता दिइने।

    ❖ अध्यापन गराउने शिक्षक–कर्मचारीहरूलाई कार्यसम्पादन मूल्याङ्कनको आधारमा पुरस्कार तथा दण्ड प्रणालीको अवलम्बन गरिने।

    ❖ वडा नं. ४ का सबै विद्यालयहरूमा शिक्षक दरबन्दी सिर्जनामा पहल लिइने तथा चौतारामा सञ्चालित कृषि बाल विज्ञान विद्यालयमा दरबन्दी सिर्जना गरी कृषि एम्बुलेन्स सेवा सञ्चालन गरिने।

    ❖ श्री चित्रीपाटन आधारभूत विद्यालयको अधुरो भवन निर्माण, घेराबार तथा जग्गा खरिद गरी पठनपाठनमा गुणस्तरीयता कायम गरिने।

    ❖ श्री इन्द्रज्योति आधारभूत विद्यालयमा पठनपाठनको गुणस्तर कायम गर्नका साथै आवश्यक भौतिक पूर्वाधारको विकास गरिने।

    ❖ वडामा एक सामुदायिक अध्ययन केन्द्रलाई लाइब्रेरीसहित व्यवस्थित गरी पर्यटकहरूलाई आकर्षित गर्ने वातावरण सिर्जना गरिने।

    २. स्वास्थ्य क्षेत्रको विकास
    स्वास्थ्य सेवा सबैको पहुँचमा

    गोतामकोट स्वास्थ्य चौकीमा पर्याप्त जग्गा खरिद गरी भवन निर्माण गरिने।

    फार्मेसी सेवा सञ्चालन गरी विपन्न नागरिकलाई निःशुल्क सेवा उपलब्ध गराइने।

    एम्बुलेन्स व्यवस्था गरी आपतकालीन सेवाहरू चौबीसै घण्टा उपलब्ध गराइने।

    छुट्टै प्रसूति गृह निर्माण गरी गर्भवती महिलाहरूलाई निःशुल्क स्वास्थ्य जाँच तथा कर्मचारीलाई एस बि ए तालिमको लागि पहल गरिने।

    सुत्केरी स्याहारका लागि प्रति सुत्केरी रु १५०० दिने र सुत्केरी गराउने स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिने।

    गोतामकोट स्वास्थ्य चौकीमा रगत दिसापिसाब चेकजाँच गर्ने ल्याबको पहल गरिने र सोही अनुसारको जनशक्ति व्यवस्थापन गरिने।

    गर्भवती महिलाको लागि निःशुल्क क्याल्सियम उपलब्ध गराइने साथै चेकजाँचमा लाग्ने किट निःशुल्क व्यवस्था गर्ने।

    प्रत्येक महिनामा घरेलु स्वास्थ्य घुम्ती शिविर सञ्चालन गरिने।

    महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिने।

    स्वास्थ्यचौकीमा कार्यरत कर्मचारीहरूलाई थप प्रोत्साहन भत्ता उपलब्ध गराइने।

    ३. कृषि क्षेत्रको विकास

    वडां नम्वर ४ का विभिन्न टोल बस्तीहरूको माटो परीक्षण गरी फलफूल तथा अन्नबाली पकेट क्षेत्र निर्माण गर्ने व्यवस्था मिलाइने।

    अनाह ज्युला डावा सिचाइ नहर निर्माण गरिने।

    टिमुरगाउँ पिपल ज्युला अत्याधुनिक सिचाइ कुलो निर्माण गरिने।

    वडामा आधारित कृषि तथा पशु सेवालाई सशक्त रूपमा सञ्चालन गरिने।

    पशु तथा कृषि बालीमा लाग्ने रोगहरूको पहिचान गरी औषधि उपलब्ध गराइने।

    कृषकलाई कृषि प्रजातिका बिउबिजनहरू उपलब्ध गराइने।

    मकैको फुलौरा खाजा उद्योग स्थापना गरी बजारीकरणको व्यवस्था मिलाइने।

    कटानी पिसानी कृषि औजारहरूको व्यवस्था गरिने।

    उत्कृष्ट कृषकहरूलाई आवश्यक प्रोत्साहन गरिने।

    ४. सडक पूर्वाधार विकास

    ❖ वडाका सबै सडकहरू बाह्रै महिना सञ्चालनमा आउने पूर्वाधारको विकास गरिने।

    ❖ आरुखोलाटांगे तिरुवागाउँ परियारटोलबिष्ट गाउँ लाई रिङ्गरोड सडकमा जोडिने।

    ❖ बगेनाह लामाडुङ्गा तथा बगेनाह जुंगेनाह सडकको स्तरोन्नति सिमेन्टेड पिच गरिने।

    ❖ डाबा बल्छिङ्ग सडक निर्माण गरिने।

    ❖ शिल्पारीधारा स्वास्थ्य चौकी सडकलाई स्तरोन्नति गरिने।

    ❖ रुमालधारा धुङ्गेखानॆ हरिपातलसम्म सडक विस्तार गरिने।

    ❖ राप्ति राजमार्ग आरुखोला हुँदै आत्रीरिषी मन्दिर उछहरे खोला सडक स्तरोन्नति गरिने।

    ❖ कालापानी भलखोला तटबन्धन निर्माण गरिने।

    ५. खानेपानी तथा सरसफाइको विकास

    ❖ वडालाई एक घर एक धाराको रूपमा विकास गरिने।

    ❖ प्रत्येक घरमा बायोस्यान्ड फिल्टरको व्यवस्था गरिने।

    ❖ पानीका सबै मुहानलाई संरक्षण गरिने।

    ❖ प्रत्येक घरमा शौचालयको सर्वेक्षण गरी अनिवार्य शौचालय निर्माणमा जोड दिइने।

    ❖ प्रत्येक टोलमा ढल निकास व्यवस्थापन गरिने।

    ❖ वडाले खानेपानी हेरालोको व्यवस्था गरी पारिश्रमिक उपलब्ध गराउने।

    ❖ वडालाई प्लास्टिकमुक्त बनाई पूर्ण सरसफाइयुक्त वडा घोषणा गरिने।

    ❖ फोहोरमैला व्यवस्थापनको लागि सार्वजनिक स्थल तथा प्रत्येक टोलमा डस्टबिनको व्यवस्था गरिने।

    ६. पर्यटन विकास

    ❖ वडामा आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउने वातावरण सिर्जना गर्न आवश्यक पर्यटन पूर्वाधार निर्माण गरिने।

    ❖ पर्यटकीय होमस्टे निर्माणको लागि आवश्यक बजेट व्यवस्था गरिने।

    ❖ धार्मिक स्थलहरूको संरचनाको थप विकासमा पहल गरिने।

    ❖ आत्रीरिषी मन्दिर कोसेरी चित्रीपाटन पदमार्ग निर्माण गरिने।

    ❖ सम्पे चौरमा पर्यटक मनोरञ्जन पार्क निर्माण गरिने।

    ❖ मालिकाचौर ग्वाल्लेख जिपलाइनको निर्माण गरिने।

    ❖ आत्रीरिषी मन्दिरलाई सार्वजनिक गुठीको रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाइने र सञ्चालक समितिको व्यवस्था गरिने।

    ❖ कालापानीदेखि घुम्कुने सम्म पर्यटकीय पदमार्ग निर्माणमा पहल गरिने।

    ७. खेलकुद विकास

    ❖ वडालाई खेलकुदमा विकास गरिने।

    ❖ नगरस्तरीय खेलमैदान तथा कभर्ड हलको निर्माण गरिने।

    ❖ भलिबल, फुटबल, क्रिकेट, कराँते लगायतका खेलाडी उत्पादन गर्न आवश्यक बजेटको व्यवस्थापन गरिने।

    ❖ खेलाडीलाई खेलकुद सामग्रीहरू खरिद तथा पोशाकहरूको वितरण गरिने।

    ८. शान्ति सुरक्षा विकास

    ❖ जनतालाई शान्ति सुरक्षाको महसुस हुने वातावरण सिर्जना गरिने।

    ❖ प्रत्येक हप्तामा टोल–टोलमा नेपाल प्रहरी तथा नगर प्रहरी परिचालन गरी लागू औषध नियन्त्रण तथा अपराधजन्य घटना न्यूनीकरण गरिने।

    ❖ मदिरा, जुवातास जस्ता सामाजिक विकृतिहरू पूर्ण रूपमा निषेध गरिने।

    ❖ नेपाल प्रहरीको जग्गा खरिद तथा आवास निर्माणमा पहल गरिने।

    ❖ नगर प्रहरी बिटलाई व्यवस्थित गरी चलायमान बनाइने।

    ९. वन तथा वातावरणीय क्षेत्रको विकास

    ❖ वडाका सबै वनलाई संरक्षण गरिने।

    ❖ जडीबुटी ओसारपसारमा रोक लगाइने।

    ❖ वन्यजन्तुहरूको संरक्षण गर्नका साथै सामुदायिक वन उपभोक्ता समितिहरूलाई क्षमता अभिवृद्धि गरिने।

    ❖ वन डढेलो नियन्त्रण गर्ने तथा डढेलो लगाउनेलाई कडा कारबाही गरिने।

    ❖ वृक्षारोपण कार्यक्रमको लागि आवश्यक बजेट व्यवस्था गरिने।

    ❖ सामुदायिक तथा कबुलियती वनहरूलाई वैज्ञानिक व्यवस्थापन गरिने।

    ❖ वन संरक्षणको लागि वडाबाट हेरालोको व्यवस्था गरिने र पारिश्रमिक वडाबाट भुक्तानी गरिने।

    महिला तथा बालबालिका विकास

    ❖ महिला हिंसा विरुद्धका जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने।

    ❖ महिला हिंसा गर्नेलाई कारबाहीको लागि पहल गरिने।

    ❖ संविधान प्रदत्त अधिकारको सुनिश्चितता गरिने।

    ❖ विभिन्न दिवसीय कार्यक्रमहरूको लागि बजेट व्यवस्था गरी चेतनामूलक कार्यक्रम सञ्चालन गरिने।

    ❖ महिलालाई उपभोक्ता समिति वा सार्वजनिक पदको नियुक्तिमा प्राथमिकतामा राखिने।

    ❖ एकल तथा असहाय महिलालाई वडाबाट वितरण गरिने सेवामा विशेष प्राथमिकतामा राखिने।

    ❖ बालबालिकालाई बालश्रम मुक्त बनाई पठनपाठनको लागि व्यवस्था गरिने।

    ❖ बालविवाहलाई पूर्ण रूपमा निर्मूल गर्न कानुनी शिविर सञ्चालन गरिने र २० वर्ष मुनिको विवाहलाई कानुनी दायरामा ल्याइने।

    ❖ अनाथ, टुहुरा, गरिब तथा विपन्न बालबालिकालाई कक्षा ५ सम्म निःशुल्क शैक्षिक सामग्री वितरण गरिने।

    ❖ बालबालिकाको हित संरक्षण गर्न बाल सञ्जालको गठन तथा विस्तार गरिने।

    १०. जातीय छुवाछुत तथा भेदभाव विरुद्धको अभियान

    ❖ छुवाछुत विरुद्ध जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने र सोका लागि आवश्यक रकम व्यवस्था गरिने।

    ❖ संविधान प्रदत्त अधिकारको सुनिश्चितता गरिने।

    ❖ अन्तरजातीय विवाहलाई प्रोत्साहन दिइने।

    ❖ जातीय विभेद गर्नेलाई कानुनी रूपमा कारबाही गरिने।

    ❖ दलित तथा विपन्न परिवारलाई वडाबाट प्रदान गरिने सेवामा उच्च प्राथमिकतामा राखिने।

    ११. विपद् व्यवस्थापन क्षेत्र

    ❖ विपद् सम्बन्धी जनचेतना फैलाउन आवश्यक व्यवस्था गरिने।

    ❖ जोखिमयुक्त स्थानहरूमा तटबन्ध व्यवस्थापन गरिने।

    ❖ पहिरो तथा बाढी नियन्त्रण गर्न वृक्षारोपण कार्यलाई जोड दिइने।

    ❖ विपद् व्यवस्थापनमा स्वयंसेवकहरू परिचालन गरिने र स्वयंसेवकलाई आवश्यक तालिमको व्यवस्था मिलाइने।

    १२. पूर्वाधार विकास

    ❖ पिपलज्युला टाटेचौर झोलुङ्गे पुल निर्माणमा पहल गरिने।

    ❖ बल्छिङ्ग तल्लुभिर झोलुङ्गे पुल निर्माणमा पहल गरिने।

    ❖ रानेसागरमा व्यवस्थित शववाहन गृह तथा मसानघाट निर्माण गरिने।

    ❖ कोट सामुदायिक महिला भवन निर्माण गरिने।

    ❖ भक्तबहादुर विष्ट र जयरुपे कामी स्मृति पार्क गेट निर्माण गरिने।

    ❖ पर्यटकीय स्थलहरूमा सार्वजनिक शौचालय निर्माण गरिने।

    ❖ वडा कार्यालयमा डिजिटल प्रतीक्षालयको व्यवस्था गरिने।

    ❖ बगेनाहमा पिकनिक स्टेज निर्माण गरिने।

    ❖ मिजारा पानी, गोतामकोट, अनाह बृहत् खानेपानी योजना निर्माणमा पहल गरिने।

    ❖ कृषि तथा पशुसेवालाई व्यवस्थित बनाउन छुट्टै भवन निर्माण गरिने।

    ❖ पञ्चेबाजा समितिको जग्गा खरिद तथा भवन निर्माण गरिने।

    १३. कला, संस्कृतिको संरक्षण र विकास

    ❖ सिंगारु पैसेरु जस्ता नाचलाई व्यवस्थित गर्न आवश्यक बाजागाजाको व्यवस्थापन गरिने।

    ❖ मयुर नाचका सामग्री खरिद गरिने र मयुर नाचको लागि तालिमको व्यवस्था गरिने।

    ❖ परम्परागत आरन व्यवसायीहरूलाई आधुनिक सामग्रीहरू उपलब्ध गराइने।

    ❖ सिलाई–कटाई सम्बन्धी तालिमको व्यवस्था गरी आवश्यक सामग्रीहरू वितरण गरिने।

    ❖ विवाह, व्रतबन्ध, मठमन्दिरहरूमा पञ्चेबाजाको निश्चित ज्याला निर्धारण गरिने।

    मार्ग चित्र तयार पार्ने यज्ञ बिक आठबिसकोट ४ का स्थायी बासिन्दा हुन्। उनी युवा नेता तथा समाजसेवीका रुपमा चिनिन्छन।

    • गोतामकोट
    • रुकुम पश्चिम
    आइतबार, असार १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ
    सुनको मूल्यमा प्रतितोला ३२ सय बढ्यो, कति पुग्यो ?
    आज प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ कार्यसूची
    कस्तो रहला आजको मौसम?
    इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न
    सुनको मूल्य ह्वात्तै बढ्यो

    लोकप्रिय

    • १.
      रुकुम श्री बस चढ्दा फ्री टिकट देखि स्कुटर जित्ने मौका

    • २.
      नेकपा – एमाले बीच कर्णालीमा मिल्यो भागबन्डा कसले कुन मन्त्रालय पाए ?

    • ३.
      छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

    • ४.
      जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

    • ५.
      रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

    • ६.
      भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

    भर्खरै

    • १.
      पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

    • २.
      सुनको मूल्यमा प्रतितोला ३२ सय बढ्यो, कति पुग्यो ?

    • ३.
      आज प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ कार्यसूची

    • ४.
      कस्तो रहला आजको मौसम?

    • ५.
      इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न

    • ६.
      सुनको मूल्य ह्वात्तै बढ्यो

    • ७.
      रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

    • ८.
      ९ दिन पछि खुल्यो जाजरकोटको चौखामा बाढीले बगाएको सडक, पुनः अवरुद्ध हुने जोखिम कायमै

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.