रुकुम पश्चिम । पार्टी स्थापना भएको केहि महिनामै संसदीय यात्रामा बलियो उपस्थिति बनाएको श्रम सांस्कृतिक पार्टीले देशैभर सक्रियता बढाएको छ। पार्टीका रुकुम पश्चिमका सक्रिय अभियन्ता गोपाल बटालाले श्रमसस्कृति पार्टी लाई जिल्लामा थप बलियो बनाउन सक्रियता बढाएका छन्।
गत निर्वाचनमा पार्टीको उम्मेदवार नै नभएको रुकुममा २ सय बढी भोट पाएको श्रमसंस्कृतिलाई थप बलियो बनाउन अमेरिकामा बस्दै आएका बटालाले पार्टीप्रति चासो देखाउँदै युवाहरु लाई पार्टी सदस्यता तथा आवद्ध गराउँदै प्रवासबाटै अभियान सुरु गरेका छन्।
बटालाको नेतृत्वमा पार्टीका महासचिव समिर तामाङ्ग,सांसद आरेन राई ,राधीका रम्तेल,अम्बिका देबी संग्रौला लगायतका नेताहरु बतालाको निवासमै पुगेर रुकुम पश्चिमका विभिन्न क्षेत्रका युवाहरु सँग सामूहिक भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। भर्चुल माध्यम मार्फत पार्टीका नेता तथा सांसदहरु सँग छलफल तथा अन्तरक्रिया गरिएको हो।
कार्यक्रममा पार्टीको वर्तमान गतिविधि, संगठन विस्तार, आगामी योजनाहरू तथा जनताका समस्या र समाधानका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले श्रम सांस्कृतिक पार्टीलाई जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित गर्न एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
भेटघाटका क्रममा पार्टीका महासचिव तथा उपस्थित नेताहरूले संगठनलाई गाउँ–गाउँसम्म विस्तार गर्दै श्रमिक, किसान, युवा तथा आम नागरिकका हकहितका लागि अझ प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिएका थिए। रुकुम पश्चिममा तत्कालै पार्टी कार्यालय स्थापना गरी संगठन लाई थप बलियो बनाउने बताईएको छ।