साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ हजार २ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५ हजार २ सय रुपैयाँले घटेर दुई लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।