रुकुम पश्चिम। यहाँको आठबिसकोट नगरपालिकाको २०औँ नगरसभा सम्पन्न भएको छ।
नगरसभामा नगर प्रमुख रवि के.सी.ले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरिएको छ।
त्यसैगरी नगर उपप्रमुख धन कुमारी शाही ले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८३/०८४ का लागि रु ७१ करोड ३७ लाख ४७ हजार आय–व्यय अनुमानसहितको बजेट तथा कार्यक्रम (बजेट वक्तव्य) पनि नगरसभाबाट पारित भएको छ।
पारित नीति, कार्यक्रम तथा बजेटले भूकम्पपछिको पुनःनिर्माणलाई विशेष प्राथमिकतामा राखेको छ। साथै कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य तथा रोजगार क्षेत्रलाई क्रमशः प्राथमिकताका साथ समेटिएको नगरपालिकाले जनाएको छ।
नगरसभाबाट बजेट, नीति तथा कार्यक्रमसँगै आर्थिक वर्ष २०८३/०८४ का लागि सालबसाली ऐनअन्तर्गत आर्थिक विधेयक २०८३, विनियोजन विधेयक २०८३ तथा मध्यमकालीन खर्च संरचना समेत पारित गरिएको छ।