संसदकै सबैभन्दा नयाँ श्रम संस्कृति पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो चितवन महाधिवेशन बहिस्कार गरेको छ ।
निम्तो आएपछि आफू नजाने घोषणा गरेका हर्क साम्पाङले आफ्नो पार्टीबाट अन्य कोही प्रतिनिधि नपठाउने निर्णय गरेका छन् ।
नेपाली कांग्रेसबाट सभापति गगन थापा, राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र एमालेबाट प्रदीप ज्ञवाली सहभागि हुँदा रास्वपाकै कारण उपसभामुख पाएको हर्क साम्पाङ नेतृत्व श्रम संस्कृति पार्टीले भने अहंकार देखाउँदै महाधिवेशनमा सहभागि नहुने निर्णय गरेको छ ।