अंग्रेजहरूको प्रलोभनमा अमरसिंह परेन ः नेकपा एमाले नेत, उप्रेती , भिडियो
काठमाडौ । नेकपा एमालेका नेता हरि उप्रेतीले प्रधानमन्त्री बालेन साहको अभिब्यक्तिमा असहमति जनाएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले प्रधानमन्त्री बालेन साहको अभिब्यक्तिमा असहमति जनाएका हुन ।
कार्यक्रममा उनले भने प्रधानमन्त्रीले जथाभावी बोल्दा देश नै खतरामा पुग्यो । प्रधानमन्त्रीले बोलेको विषयमा जनतालाई संसदबाट प्रष्ट पार्नुपर्ने उनको भनाई छ ।
यस्तै आधुनिक नेपालको एकीकरण अभियानका प्रमुख सैन्य कमाण्डर बडाकाजी अमरसिंह थापाले नेपालको सीमानाको रक्षा कसरी गरेका थिए भनेर उनले सम्झिएका थिए ।
राष्ट्रिय स्वाधीनताका लागि लडेका उनले दिएका उपदेश र सन्देशहरू आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी रहेको उनको भनाई छ । अमरसिंह थापाले देशको सीमा र स्वाभिमानलाई आफ्नो प्राणभन्दा प्यारो मानेको उनले बताए ।
अंग्रेजहरूले ठूलो प्रलोभन देखाउँदा पनि उनी कुनै पनि लोभलालचमा नफसकेको र मातृभूमिको रक्षाका लागि सधै लडिरहेको उनले बताए ।