रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा शनिबार बिहान लाङटाङको क्याङजिनबाट ‘लाङटाङ ट्रेल रन’ सुरु भएको छ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमुख अतिथि तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ र संस्कृति तथा पर्यटन मन्त्री माननीय सुरेश श्रेष्ठ र विशेष अतिथिका रूपमा क्याङजिन पुगेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो।
खेलकुद मार्फत जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ लाङटाङ ट्रेल रन प्रतियोगिता आयोजना गरिएको थियो ।