रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष ४७ वर्षीय नन्नराम बाँठा सहित ६ जनालाई जुवाको खालबाट पक्राउ गरिएको छ ।
जुवा खेलीरहेको अवस्थामा पक्राउ पर्नेमा मुसिकोट नगरपालिका ११ का ३८ वर्षीय कमल पुन, त्रिवेणी गाउँपालिका ५ का ४४ वर्षीय डिल बहादुर घर्ती, सोही ठाउँका,२४ वर्षका बिमल खड्का , ३० वर्षीय शिव विवश घर्ती मगर, ५३ वर्षीय नन्दकुमार घर्ती मगर र त्रिवेणी २ का ४० वर्षीय मनबहादुर बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।
आज बिहान त्रिवेणी गाउँपालिका ४ लामाखेतमा रहेको बिमल बहादुर खड्काको घरमा जुवातास खेलिरहेको छन् भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरीलव जनाएको छ।
उनीहरूको साथबाट १ लाख ६७ हजार १ सय ५ रुपैयाँ सहित एक गड्डी खोलेको र एक गड्डी नखोलेको तास समेत बरामद गरिएको उहाँले बताउनुभयो ।