रुकुम पश्चिमको आठबिसकोट नगरपालिका मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नगर सभापति चयनलाई लिएर राजनीतिक चहलपहल बढेको छ। पार्टीको आगामी जेठ १७ गते हुने नगर अधिवेशन नजिकिँदै जाँदा स्थानीय स्तरमा विभिन्न नाम चर्चामा युवा नवराज मल्लको नाम अग्रपंक्तिमा देखिएको छ।
स्थानीय राजनीतिक वृत्तमा मल्ललाई संगठन विस्तार, युवापुस्तामाझ पहुँच तथा सामाजिक सक्रियताका कारण बलियो दाबेदारका रूपमा हेरिएको छ। पार्टीभित्र पनि नयाँ नेतृत्वमार्फत संगठनलाई थप सशक्त बनाउने तयारी भइरहेका बेला मल्लप्रति कार्यकर्ताको आकर्षण बढ्दै गएको बताइन्छ।
यद्यपि रास्वपाले आधिकारिक रूपमा सभापतिको उम्मेदवारी घोषणा गरिसकेको छैन। नगर अधिवेशनको मिति नजिकिँदै जाँदा अन्य आकांक्षीहरूको नामसमेत सार्वजनिक हुने अपेक्षा गरिएको छ।
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार आठबिसकोटमा रास्वपाको संगठन विस्तार र आगामी निर्वाचन रणनीतिमा नयाँ नेतृत्व चयनले महत्त्वपूर्ण प्रभाव पार्नेछ।