काठमाडौं । काठमाडौं को गोकर्णेश्वर–६ मा रहेको “हिंसापीडित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज” को आयोजनामा विद्यालय स्तरका विद्यार्थीलाई लक्षित गरी स्कूल ड्रेस तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न भएको छ।
दाङको घोराही उपमहानगरपालिका बिभिन्न बिधालयका ६०० जना विद्यार्थीलाई स्कूल ड्रेस तथा स्टेशनरी वितरण गरिएको हो। यस अघि सस्थाले विधार्थीलाई न्यानो कपडा पनि वितरण गरेको थियो।
उक्त कार्यक्रममार्फत आर्थिक रूपमा कमजोर तथा आवश्यकतामा रहेका विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा पोशाक सहयोग गरिने उद्देश्य राखिएको छ। सस्थाले यस्ता सामाजिक कार्यमार्फत विपन्न वर्गका बालबालिकाको शिक्षामा पहुँच बढाउने लक्ष्य लिएको जनाएको छ।

आयोजक संस्थाले भविष्यमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षासँग सम्बन्धित यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। सहयोग वितरण कार्यक्रमको प्रमुख अतिथिमा सस्थाका अध्यक्ष प्रतीक्षा भण्डारी रहेकी थिइन्। भने कार्यक्रमको संचालन बिना महतले गरेकी थीइन।