• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असार १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

मिर्गौला पीडित पूर्णिमाको उपचारका लागि आर्थिक सहयोगको अपिल

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए?

श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा

कस्तो छ आजको मौसम ?

आज तोलामा ५ हजार घट्यो सुनको मुल्य

रुकुम पश्चिमका ६ वटै पालिकाले ल्याए बजेट, कुन पालिकाको कति ?

आठबिसकोटले ल्यायो ७१ करोडको बजेट

आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा

लोकप्रिय समाचार

  • १. नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा

  • २. आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा

  • ३. आठबिसकोट नगर अस्पतालमा करार कर्मचारी द्वारा सेवा ठप्प

  • ४. समान तलब नभएको भन्दै आठबिसकोट नगर अस्पतालका करार कर्मचारी असन्तुष्ट

  • ५. श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

  • ६. किर्तिपुरको विकासलाई तीव्रता दिन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

  • ७. रुकुम पश्चिमको मुसिकोट स्थित मुग्लुखोलामा माछामार्ने क्रममा युवकको मृत्यू

  • ८. रुकुम पश्चिमका ६ वटै पालिकाले ल्याए बजेट, कुन पालिकाको कति ?

  • ९. विष्णु पौडेल पक्राउ प्रकरण : देशमा अब आगो बाल्ने महेशको चेतावनी

  • १०. दुर्गानगर विकास समाजको कार्यक्रममा मुख्यमन्त्री बानियाँद्वारा विकास र एकताको सन्देश

आज २० औं लोकतन्त्र दिवस : विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै


  •   शुक्रबार, बैशाख ११, २०८३ मा प्रकाशित
  • काठमाडौँ । २० औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ ।

    Advertisement

    विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरे। जनताको विजय भएको खुसीयालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

    विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो ।

    राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)का बीच १२ बुँदे समझदारी भयो ।

    विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । २०६२ फागुनदेखि पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो ।

    नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भए । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रूपमा स्थापित बन्यो ।

    विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ ।

    यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधान सभा निर्वाचन भयो । संविधान सभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्‍यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।

    विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम दुई पटक तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भइरहेको छ ।

    जसअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रूपमा मनाउने गरिएको छ ।

    शुक्रबार, बैशाख ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मिर्गौला पीडित पूर्णिमाको उपचारका लागि आर्थिक सहयोगको अपिल
    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए?
    श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया
    नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा
    कस्तो छ आजको मौसम ?
    आज तोलामा ५ हजार घट्यो सुनको मुल्य

    लोकप्रिय

    • १.
      नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा

    • २.
      आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा

    • ३.
      आठबिसकोट नगर अस्पतालमा करार कर्मचारी द्वारा सेवा ठप्प

    • ४.
      समान तलब नभएको भन्दै आठबिसकोट नगर अस्पतालका करार कर्मचारी असन्तुष्ट

    • ५.
      श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

    • ६.
      किर्तिपुरको विकासलाई तीव्रता दिन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

    भर्खरै

    • १.
      मिर्गौला पीडित पूर्णिमाको उपचारका लागि आर्थिक सहयोगको अपिल

    • २.
      रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए?

    • ३.
      श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

    • ४.
      नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा

    • ५.
      कस्तो छ आजको मौसम ?

    • ६.
      आज तोलामा ५ हजार घट्यो सुनको मुल्य

    • ७.
      रुकुम पश्चिमका ६ वटै पालिकाले ल्याए बजेट, कुन पालिकाको कति ?

    • ८.
      आठबिसकोटले ल्यायो ७१ करोडको बजेट

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.