काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर तीन लाख एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Advertisement
सोमबार सुन तोलामा दुई लाख ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर पाँच हजार १६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा पाँच हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।